Comments Add Comment

आफ्नै निर्णय उल्ट्याउँदै २ दर्जन कार्यालयका कर्मचारीलाई प्रोत्साहन भत्ता

राजधानी काठमाडौंबाट आज प्रकाशित सबै दैनिक पत्रिकाहरुको पहिलो प्राथमिकतामा श्रीलंकाको श्रृंखलाबद्ध बम विस्फोट परेको छ । श्रीलंकाका विभिन्न स्थानमा भएका श्रृंखलाबद्ध बम विस्फोटमा हालसम्म ३५ विदेशीसहित २ सय ७ जनाको मृत्यु भइसकेको छ ।

त्यस्तै, नेकपा एकता, सरकारी गाडी दुरुपयोग, कर्मचारी प्रोत्साहन भत्तालगायत विषयलाई पनि आजका पत्रपत्रिकाहरुले पहिलो पृष्ठमा समेटेका छन् ।

कान्तिपुरले श्रीलंकाका क्रिश्चियनमाथि लक्षित गर्दै आइतबार दिनभर विस्फोट भएकोलाई मुख्य समाचार बनाएको छ । विस्फोटमा २ सय बढीको ज्यान जानुका साथै ४५० भन्दा बढी घाइते भएको समाचारमा उल्लेख छ ।

सरकारले फजुल खर्च भन्दै गत वर्ष साउनदेखि रोक्का राखेको प्रोत्साहन भत्ता निजामती कर्मचारीलाई फेरि बाँड्न थालेकोलाई पनि कान्तिपुरले प्राथमिकताका साथ उठाएको छ । मन्त्रिपरिषद् बैठकबाट निर्णय गरी अतिरिक्त समय र विशिष्टीकृत काम गरेको नाउँमा दुई दर्जनभन्दा बढी निकायका १५ हजारभन्दा बढी कर्मचारीलाई मासिक तलबभत्ताबाहेक ४० देखि सय प्रतिशतसम्म प्रोत्साहन भत्ता दिन थालिएको हो ।

एक महिनामा कार्यालय समयभन्दा ८० घण्टा बढी काम गर्ने कर्मचारीलाई प्रोत्साहन भत्ता दिने निर्णय भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता विनोद कुँवरले कान्तिपुरसँग बताएका छन् । उनका अनुसार, यो व्यवस्था पहिले भत्ता खाने सबै निकायका लागि लागू हुनेछ ।

अन्नपूर्णले पनि आज कान्तिपुरले जस्तै घरबाहिरको विषय श्रीलंका बम विस्फोटलाई मुख्य समाचार बनाएको छ । तर, अन्नपूर्णले भने २०७ को मृत्यु भइसकेको तथ्यांक प्रस्तुत गरेको छ ।

२ जापानी निकालिएको अर्को खबर पनि अन्नपूर्णमा छ । गृहले इसाई धर्म प्रचारमा संलग्न मोरिता मासाहिरो र हासिमोतो युकारीलाई नेपाल प्रवेशमा ५ वर्ष प्रतिबन्धसमेत लगाएको छ । समाचार अनुसार, उनीहरु विद्यार्थीको भिसामा नेपाल बस्दै आएका थिए ।

त्यस्तै, नेकपा एकता टुंगिएकोदेखि सरकारी गाडी दुरुपयोग बढेकोलाई पनि अन्नपूर्णले प्राथमिकतापूर्वक पहिलो पृष्ठमा कभरेज गरेको छ ।

श्रीलंका विस्फोटसँगै नेकपाको जिल्ला एकता टुंगिएको खबर नागरिकमा छ भने राजधानीले सेयरमा १ अर्ब बढी कारोबार भएको लेखेको छ ।

स्थानीय जनप्रतिनिधि र भूमाफियाले सिरहाको मिर्चैया नगरपालिकाको सिंगै बस्ती बिक्री गरेकोलाई नयाँ पत्रिकाले मुख्य समाचार बनाएको छ । यसरी बस्ती नै बिक्री भएपछि त्यहाँका २२८ दलित परिवार ६ कट्ठामा बस्दै आइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment