+
+
Shares

सहमति नतोड्न प्राइम र ओमलाई राष्ट्र बैंकको चेतावनी

प्रवक्ता पौडेल भन्छन्– सम्झाएर पठाएका छौं

अनलाइनखबर अनलाइनखबर
२०७६ वैशाख ९ गते ११:२०

९ वैशाख, काठमाडौं । मर्जरमा जाने सहमति गरिसकेर पछि हटेका प्राइम कमर्शियल बैंक र ओम डेभलपमेन्ट बैंकलाई नेपाल राष्ट्र बैंकले सहमति नतोड्न भनेको छ ।

६ महिना अघि नै सैद्धान्तिक सहमति दिएको राष्ट्र बैंकले हालसम्म पनि दुई संस्था मर्ज नभए पछि बालुवाटार बोलाएरै सहमति नतोड्न भनेको हो ।

प्राइमले ओमलाई प्राप्ति गर्न भदौ महिनामा नै सहमति पत्रमा हस्ताक्षर गरेका थिए । दुई संस्थाबीच सहमति पत्रमा हस्ताक्षर भइसके पछि राष्ट्र बैंकले सैद्धान्तिक सहमतिसमेत प्रदान गरेको थियो ।
राष्ट्र बैंकले दिएको सैद्धान्तिक सहमति अनुसार आगामी शुक्रबारसम्म दुई संस्थाहरुबीच मर्जर भइसक्नु पर्ने छ ।

आगामी शुक्रबारसम्ममात्रै मर्जरमा जानु पर्ने समय भएको र मर्जरमा जान अनिच्छुक देखिएपछि दुबै बैंकका प्रतिनिधिलाई बोलाएर सम्झाएको राष्ट्र बैंकका प्रवक्ता नारायणप्रसाद पौडेलले अनलाइखबरलाई बताए ।

पहिले मर्जरमा जान्छौं भनेर सहमति नै गरिसकेर अहिले तोड्न लागे पछि दुबै पक्षलाई बोलाएर सोधपुछ गरिएको प्रवक्ता पौडेलले बताए । आगामी शुक्रबारसम्म मर्ज नभए आवश्यक कारबाही अघि बढ्न उनले बताए ।

‘हामीले अहिले सम्झाएका मात्रै हौं, ओमले सहमति पालना गरेन भन्ने प्राइमको कुरो छ, त्यहीँ पनि यो ४÷५ दिनमा मिलने कोशिस गर भनेका छौं’ बैंक तथा वित्तीय संस्था नियमन विभागका प्रमुखसमेत रहेका पौडेलले भने, ‘त्यो समयमा पनि मिलेनन भने हामी आवश्यक कारबाही अघि बढाउछौं ।’

नियमावलीमा माफी पनि दिन सकिने व्यवस्था भने छ । प्रवक्ता पौडेलले मिलेनन भने कारण माग गरिने जानकारी दिए । कारण मनासिव देखिए कारबाही नहुने नत्र विनियमावलीमा तोकिए अनुसारको कारबाही गरिने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?