Comments Add Comment

पत्रकारिता निष्पक्ष र अनुशासित हुनुपर्छ : मुख्यमन्त्री राई

९ वैैशाख, विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले पत्रकारिता पेशा मर्यादित नभएसम्म मुलुकमा सुशासन कायम हुन नसक्ने बताएका छन् ।

राष्ट्रिय समाचार समितिले सोमबार विराटनगरमा सुरु गरेको प्रादेशिक पत्रकारिता तालिमको उद्घाटन गर्दै मुख्यमन्त्री राईले भने ‘पत्रकारिता दरिलो नभई मुलकले समृद्धि हासिल गर्न सक्दैन, स्वतन्त्र पत्रकारितासँगै यो पेशा उतिकै रुपमा निष्पक्ष र अनुशासित हुनु जरुरी छ ।’

उनले कतिपय अवस्थामा मिडियाको दुरुपयोग भइरहेको भन्दै सञ्चार माध्यम मर्यादित हुन जरुरी रहेको पनि बताए ।

राष्ट्रिय समाचार समिति सरकार मातहत रहे पनि सरकारको ढाकछोप नगरी आलोचना गर्नुपर्ने पनि बताए ।

राष्ट्रिय समाचार समितिका अध्यक्ष हरिहर अधिकारीले राष्ट्रिय समाचार समितिलाई हेर्ने पराम्परागत दिष्टिकोण त्याग्नुपर्ने बताए । तीन दिनसम्म चल्ने तालिममा प्रदेश १ का १४ जिल्लाका राससका संवाददाता सहभागी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment