+
+
Shares

प्रचण्डले भने : पार्टी एकताको फलामे ढोका फोरिदिएका छौं

अनलाइनखबर अनलाइनखबर
२०७६ वैशाख ९ गते १४:०९

९ वैशाख, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकताको अन्तिम फलामे ढोका फोरेको दावी गरेका छन् ।

आइतबार नेकपाका जिल्ला कमिटीको अध्यक्ष र सचिवको टुंगो लगाएपछि उनले पार्टी एकताको फलामे ढोका फोरिएको दावी गरेका हुन् ।

‘अन्तिम फलामे ढोका हामीले फोरिदिएका छौं’ उनले भने ‘यो फलामे ढोकाजस्तै थियो । किनकी गाँठो हाम्रो त्यहीँनिर परेको थियो, मुख्य गाँठो फुकेपछि अरु गाँठो सजिलै फुक्नेछ । केही ढिलो भएकोमा क्षमा माग्दै हामीले मिसन कम्प्लिट गरेका छौं ।’

पार्टी एकता टुंग्याउन विभिन्न कार्यदल बनाए पनि गाँठो झन् कस्सिदै गएको भन्दै पछि पुरानै ठाउँमा फर्किएर एकता प्रक्रिया पूरा गरेको प्रचण्डले बताए ।

‘हिजो राम्रो गर्छौ भन्दाभन्दै गाँठो कस्सिदै गयो । राम्रो गरौं भनेर कार्यदल बनायौं, झन् गाँठो कसिदै गयो । बरु पहिलेकै ठाउँमा जाउँ, जे छ त्यसलाई जस्ताको तस्तै आत्मसात गरौं भनेर यो ठाउँमा आयौं ।’

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?