Comments Add Comment

बहुप्रतिक्षित यामाहा एफजीएस एफआई भी ३.० नेपालमा (भिडियो)

९ बैशाख, काठमाडौं । यामाहा महाएक्सचेन्ज मेलामा एमएडब्लु इन्टरप्राइजेजले बहुप्रतिक्षित यामाहा एफजीएस एफआई भी३.० पनि सार्वजनिक गरेको छ । द हिमालायन रोडिज्का जज दिया मास्के, आशिष राना ‘लाहुरे’ र रेमनदास श्रेष्ठले नयाँ एफजीएस एफआई भी३.० अनावरण गर्नु भएको हो ।

एफजीको विरासत र ‘सिग्नेचर स्टाइलिङ’लाई निरन्तरता दिँदै बजारमा ल्याइएको यामाहा एफजीएस-एफआई भी ३.० अत्याधुनिक ‘एफआई’ (फ्युल इन्जेक्सन) प्रविधि र ‘एबीएस’ (एन्टिलक ब्रेकिङ सिस्टम) दुवै भएको १५० सीसी सेग्मेन्टकै पहिलो मोटरसाइकल हो ।

अहिले रोमाञ्चक राइडका लागि अपरिहार्य बनेको सेफ्टी फिचर ‘एबीएस’जडित शक्तिशाली यामाहा एफजीएस-एफआई भी ३.० लाई गर्वका साथ ‘दी लर्ड अफ दी स्ट्रिट’ भन्न सकिन्छ । एबीएस र फ्युल इन्जेक्टेड ब्लुकोर इन्जिनले एफजीएस-एफआई भी ३.० लाई आर्थिक र वातावरणीय रुपमा १५० सीसीको सर्वोत्कृष्ट मोटरसाइकल बनाएको छ ।

यो नयाँ मोटरसाइकलको सार्वजनिकीकरणले यामाहा आफ्ना ग्राहकको सुरक्षा तथा सबैखाले मौसम र सडक अवस्थामा पनि अद्वितीय ‘राइडिङ एक्सपिरियन्स’ दिलाउन प्रतिबद्ध छ भन्ने तथ्यलाई प्रमाणित गरेको छ । यामाहा एफजीएस-एफआई भी ३.० को प्रारम्भिक मूल्य तीन लाख नौ हजार नौ सय रुपैयाँ रहेको छ ।


नयाँ एफजीएस-एफआई भी ३.० मा १४९ सीसीको ‘सिंगल-सिलिन्डर, फ्युल-इन्जेक्टेड ब्लुकोर इन्जिन’ रहेको छ जसले अधिकतम १३.२ बीएचपी पावर र १२.८ एनएम टर्क उत्पन्न गर्छ । यसमा अघिल्लो पुस्तामा झैं ५-स्पिड गियरबक्स रहेको छ भने अगाडि ४१ एमएमको ‘टेलिस्कोपिक र्फक’ र पछाडि ‘मोनो शक’ प्रयोग गरिएको छ । यसको फ्रन्ट र ब्याक दुवै ह्विलमा डिस्क ब्रेकको व्यवस्था गरिएको छ ।

राइडरको सुरक्षालाई मध्यनजरमा राखेर यामाहाले एफजीएसको तेस्रो पुस्तामा सिंगल च्यानल ‘एबीएस’ जडान गरेको छ जसले ब्रेकिङ कन्ट्रोललाई जबरजस्त बनाइदिएको छ । नयाँ मोटरसाइकलको फ्युल ट्यांक क्षमता १२.८ लिटर रहेको छ भने यो ‘म्याट ब्लु’, ‘म्याट ब्ल्याक’ र ‘ग्रे सायन’ गरी तीन वटा ‘एक्साइटिङ कलर’मा उपलब्ध छ ।

नयाँ एफजी भी ३.० मा नयाँ ‘फुल-एलईडी डुअल पड हेडल्याम्प युनिट’ र ‘प्रिमियम क्रोम फिनिस’ भएको नयाँ ‘मस्कुलर फ्युल ट्यांक’ रहेको छ । ‘मस्कुलिन थिम’मा डिजाइन गरिएको नयाँ एफजी भी ३.० मा नयाँ ‘स्पेट-अप स्टाइल’को सिंगल सिट, नयाँ एलोई ह्विल र फेन्डरहरु समेत ‘रिडिजाइन’ गरिएको छ ।

त्यस्तै, टर्न इन्डिकेटर थोरै माथि सारिएको छ भने एक्जस्ट कभरको डिजाइन पनि आकर्षक बनाइएको छ । यसमा पनि डिजिटल इन्स्ट्रयुमेन्ट कन्सोल रहेको छ तर अघिल्लो पुस्तामा भन्दा धेरै ‘इन्फर्मेसन’ यसले दिन्छ । त्यसैगरी, नयाँ मोटरसाइकलमा ‘कि (साँचो) पोजिसन’ ट्यांकमा सारिएको छ ।

कस्तो छ बाइक भिडियोमा हेर्नुस् ?

फोटो/भिडियोः शंकर गिरी 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment