Comments Add Comment

विशालनगर घटना : श्रीमान-श्रीमतीविरुद्ध कर्तव्य ज्यान मुद्दा

१० वैशाख, काठमाडौं । काठमाडौंको विशालनगरमा विवाहित महिलाको घरमा ‘प्रेमी’को शव भेटिएपछि श्रीमान्-श्रीमती दुवै जनाविरुद्ध कर्तव्य ज्यान मुद्दाको अभियोगमा अनुसन्धान सुरू गरेको छ ।

महानगरीय प्रहरी वृत्त, कमलपोखरीले रामेछापको मिनप्रसाद श्रेष्ठको रहस्यमय मृत्यु प्रकरणमा सुनिता (नाम परिवर्तन) र उनका श्रीमानविरुद्ध कर्तव्य ज्यान मुद्दामा म्याद थप गरेको हो ।

वृत्तका प्रमुख रवीन्द्रनाथ पौडेलका अनुसार श्रेष्ठको परिवारले दिएको किटानी जाहेरीको आधारमा दुई जनालाई हिरासतमा राखेर अनुसन्धान थालिएको हो ।

‘वैशाख १ गतेको घटनामा हामीले भोलिपल्ट दुवैलाई नियन्त्रणमा लिएका थियौं’, डीएसपी पौडेलले अनलाइनखबरसँग भने, ‘पहिलो पटक ५ दिनलाई म्याद थप गरिएको थियो ।’

यो पनि पढ्नुस्– इजरायलको टिकट काटेकी सुनिताको घरमा ‘अवैध प्रेमी’को लास

७ वैशाखमा पुनः प्रहरीले जिल्ला अदालत, काठमाडौंबाट थप ७ दिन उनीहरुलाई अनुसन्धानका लागि हिरासतमा राख्ने अनुमति लिएको छ ।

मृतका आफन्त श्यामकुमार श्रेष्ठले घटनामा दुवै जनाको शंकास्पद भूमिका देखिएको दाबी गरेका छन् ।

उनले अनलाइनखबरसँग कुरागर्दै भने, ‘मिनप्रसाद किन त्यति राति आफैं अर्काको घरमा जान्छ ? कोही कराएको आवाज आएर श्रीमान् माथिल्लो तलामा उक्लिएका थिए भने मिनप्रसाद तल झर्दा किन उनले केही सुनेनन् ?’

हालसम्म प्रहरी अनुसन्धानले एकातिर श्रेष्ठको मृत्युलाई स्वभाविक देखाएको छ भने अर्कातिर परिवारको आशंकाले अनुसन्धान अधिकारीलाई नै अलमलमा पारिदिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment