+
+
Shares

जीपको ठक्करबाट पाल्पामा ज्येष्ठ नागरिकको मृत्यु

रासस रासस
२०७६ वैशाख १० गते १७:४८

१० वैशाख, बेझाड (पाल्पा) । रामपुर नगरपालिका-४ स्थित इस्लामपुरमा जीपले ठक्कर दिदा एकजना ज्येष्ठ नागरिकको मृत्यु भएको छ ।

मंगलबार बिहान ग२च ३०९४ नंम्बरको बोलेरो जीपले ठक्कर दिँदा इस्लामपुर बस्ने ७५ वर्षीया सकिना मियाँको मृत्यु भएको इलाका प्रहरी कार्यालय रामपुरले जानकारी दिएको छ ।

मियाँको उपचारको क्रममा रामपुर अस्पतालमा मृत्यु भएको हो । ठक्कर दिने चालक र गाडी प्रहरी नियन्त्रणमा छ । इस्लामपुरको मुख्य सडकबाट भित्री सडकमा जाने क्रममा मियाँलाई जीपले ठक्कर दिएको थियो ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?