+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

डडेल्धुरामा जन्ती बोकेको जीप दुघर्टना : ९ जना घाइते, ३ को अवस्था गम्भीर

अनलाइनखबर अनलाइनखबर
२०७६ वैशाख १० गते १५:०९
१० वैशाख, डडेल्धुरा । डडेल्धुराको अजयमेरुमा जन्ती बोकेको जीप दुघर्टना हुँदा नौ जना घाइते भएका छन् । महेन्द्रनगरबाट जन्ती बोकेर अजयमेरु गाउँपालिका–६ बलाना आइरहेको म १ ज ६४४ नम्बरको बलेरो जीप बलना भन्ने ठाउँमा मंगलबार बेलुकी ६ बजेतिर दुर्घटना भएको हो ।
घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ । गम्भीर घाइते हुनेमा अजयमेरु गाउँपालिका–६ बलनाका २० वर्षीया मदनराज पनेरु, सोही ठाउँका २५ वर्षीय सन्तोष पनेरु र कञ्चनपुरको बेतकोट नगरपालिका–१० का ३५ वर्षीय मदन कलौनी रहेको डडेल्धुराका प्रहरी निरीक्षक लक्ष्मण खड्काले जानकारी दिए।
प्रहरीका अनुसार मोडमा जीप व्याक गर्ने बेला सडकबाट करिब ५० मिटर कच्ची तल खसेको हो । दुघर्टनामा परी घाइते भएकाहरुलाई उपचारका लागि अजयमेरु गाउँपालिकाको एम्बुलेन्समार्फत डडेल्धुरास्थित डडेल्धुरा अस्पताल ल्याएइएको प्रहरीले जनाएको छ। दुलहा दुहली अर्को गाडीमा सवार थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?