+
+
Shares

बँदेललाई थापेको धरापमा आफ्नै साथीको ज्यान गएपछि…

टोपराज शर्मा टोपराज शर्मा
२०७६ वैशाख ११ गते ११:३६
Photo Credit : गोविन्द घर्ती । विद्युतीय धरापमा परी ज्यान गुमाएका गौतमलाई गाडिएको खाल्डाे ।

११ वैशाख, बुटवल । नेपालीमा आहान छ– अरुलाई खनेको खाल्डोमा आफैं परिन्छ । नेपाली आहानजस्तै रुपन्देहीमा आफैंले थापेको विद्युत्तीय धरापमा परेर एक व्यक्तिले ज्यान गुमाएका छन् ।

तिलोत्तमा नगरपालिका–११, भूपू सैनिक टोलका ४० वर्षीय मीनबहादुर गौतमको बँदेल मार्न आफैंले थापेको विद्युत्तीय धरापमा परी ज्यान गएको हो ।

१० दिनदेखि वेपत्ता गौतमको बँदेल मार्न आफैंले थापेको विद्युत्तीय पासोमा परी ज्यान गएको खुलेकाे प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय, बुटवलका प्रमुख डिलबहादुर मल्लले गौतमसहित गाउँको एक समूहले मिलेर थापेको विद्युतीय धरापमा परी गौतमको १ गते राति २ बजेतिर मृत्यु भएको बताए ।

अनुसन्धानका क्रममा धराप थाप्ने समूहका अन्य सदस्यले घटना लुकाउन अन्यत्रै लगेर गाडेको खुलेको छ ।  बुटवलका प्रमुख डिलबहादुर मल्लका अनुसार,  गौतमको  शव पासो थाप्ने समूहका सदस्यहरुले देवदह–९ काे जंगलमा लगेर गाडेका हुन् ।

घटनामा संलग्नको आरोपमा प्रहरीले मंगलबार ५ जनालाई पक्रेको छ । पक्राउ परेका व्यक्तिहरुसँग सोधपुछपछि बुधबार मृतकको शव गरिएको र उनीहरुमाथि थप अनुसन्धान शुरु गरिएको डीएसपी मल्लले जानकारी दिए ।

 

लेखक
टोपराज शर्मा

शर्मा अनलाइनखबरका बुटवल संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?