
११ वैशाख, राजविराज । पूर्व-पश्चिम राजमार्गअन्तर्गत सप्तरीको सितापुरमा ट्याक्टर दुर्घटनामा परी एक जना कामदारको बुधबार घटनास्थलमै मृत्यु भएको छ ।
मृत्यु हुनेमा सप्तरीको रुपनी गाउँपालिका-३ बस्ने ४० वर्षीय शिवकुमार मण्डल रहेको प्रहरी निरीक्षक गुरु तिमल्सिनाले बताए । सोही दुर्घटनामा परी चालकसहित चारजना घाइते भएका छन् ।
उनीहरुको अग्निसाई कृष्णशवरण गााउँपालिका-४ स्थित मोहली बजारमा रहेको अहिर अस्पतालमा उपचारको लागि भर्ना गरिएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
दुर्घटनाको कारण खुलेको छैन भने ट्याक्टर सडकको छेउमा पल्टेको छ । फलामको रड लिएर पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको अवस्थामा तत्काल नम्बर नखुलेको औनटेस्ट ट्याक्टर अग्निसाई कृष्णशवरण गााउँपालिका-४ स्थित सितापुरमा दुर्घटनामा परेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4