Comments Add Comment

लुम्बिनी भ्रमण वर्ष जेठ ४ देखि, २० लाख पर्यटक ल्याउने लक्ष्य

११ वैशाख, बुटवल । ‘बुद्ध जन्मस्थल लुम्बिनी जाऔं : शान्तिको सन्देश फैलाऔं’ नारासहित प्रदेश ५ ले सरकारले मनाउने घोषणा गरेको लुम्बिनी भ्रमण वर्ष जेठ ४ गते शुरु हुने भएको छ ।

बुद्धपूर्णिमा (जेठ ४ गते) का दिन उद्घाटन गरी अर्को वर्षको चैत्र शुक्ल पूर्णिमासम्म एक वर्षभरी विभिन्न कार्यक्रम गरी भ्रमण वर्ष मनाइने बुधबार बुटवलमा पत्रकार सम्मेलन गरी जानकारी गराइएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै प्रदेश ५ का उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री लिला गिरीले नेपाल सरकारले सन् २०२० मा मनाउन लागेको भिजिट नेपाललाई सफल बनाउन आधार प्रशस्त गर्ने र लुम्बिनीको पर्यटन प्रवद्र्धनका माध्यमबाट प्रदेशको समृद्धि हासिल गर्न टेवा पु¥याउने उद्देश्य रहेको बताए ।

भ्रमण वर्षमा २० लाख पर्यटकलाई लुम्बिनी र लुम्बिनीसंग सम्बन्धित तिलौराकोट, देवदह, रामग्राम लगायतका स्थानमा भित्राउने लक्ष्य रहेको मन्त्री गिरीले बताए ।

भ्रमण वर्ष अन्तर्गत मायादेबी प्रसुति उत्सव, लुम्बिनी फुड फेस्टिबल, सुजाता खिर उत्सव, सडक प्रदर्शनी, मायादेवी मन्दिर परिसरमा दैनिक दीप प्रज्वलन, मासिक फूल मून डे (पूर्णिमा) उत्सव, धार्मिक यात्रा र त्रिपिटिक वाचन, योग तथा ध्यान शिविरहरू, स्थानीय उत्पादनहरूको बिक्रीकक्ष (कोसेली घर) को व्यवस्था गरिने पर्यटन मन्त्रालयले जनाएको छ ।

भ्रमण वर्षले राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा लुम्बिनी क्षेत्रको प्रचार भई लुम्बिनी क्षेत्रमा आउने पर्यटकको संख्या र उनीहरूकोे बसाई लम्बिने, स्थानीय उत्पादनको व्यवसाय बढ्ने, रोजगारी सिर्जना हुने र पर्यटन प्रवद्र्धनमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ ।

भ्रमण वर्ष सम्पन्न गर्न ४ करोड १९ लाख ६० हजार रुपैयां वजेट खर्च गरिंदैछ । कूल वजेट मध्ये चालु आर्थिक वर्षमा २ करोड २७ लाख ९० हजार र अर्को वर्ष १ करोड ९१ लाख ७० हजार खर्च गरिने छ ।

भ्रमण वर्ष कार्यक्रम उद्घाटनमा ७० लाख रुपैयाँ खर्च हुने छ । हाल १२ लाख ५० हजार स्वदेशी, १ लाख ६१ हजार भारतीय र १ लाख ५१ हजार जना पर्यटक तेस्रो मुलुकका ८७ वटा देशबाट गरी कूल १५ लाख ६२ हजार पर्यटक अघिल्लो वर्ष लुम्बिनी भ्रमणमा आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment