Comments Add Comment

मिस नेपाल २०१९का प्रतियोगीका लागि यामाहा विशेष कार्यक्रम

११ वैशाख, काठमाडौं । मोरङ अटो वर्क्स इन्टरप्राइजेज, यामाहा मोटरसाइकल र स्कूटरहरुको आधिकारिक वितरकले मिस नेपाल २०१९ का प्रतियोगीहरुका साथ यही एकदिने विशेष कार्यक्रमको आयोजना गरेको छ ।

यामाहा फ्यासिनो मिस नेपाल २०१९ को टाइटल स्पोन्सरको रुपमा आबद्ध छ र उक्त इभेन्टको औपचारिक रुपमा टु-ह्वीलर साझेदार पनि हो । मिस नेपालको ग्राण्ड फिनालेको दौरान एकजना प्रतियोगीलाई ‘यामाहा फेस अफ फ्यासिनो’ उपाधिबाट विभुषित गरिनेछ ।

‘यामाहा फेस अफ फ्यासिनो’ एक स्पर्धा हो, जहाँ सबै २५ प्रतियोगीहरु निर्णायक राउण्डसँगसँगैं भोटिङ राउण्डमा प्रवेश गर्दछन् । यो इभेन्ट र्‍यालीका साथ यामाहा शोरुमबाट शुरु भई ट्राफिक प्रहरी कार्यालय, बग्गीखानामा पुगेर समाप्त भएको थियो  ।

सबै २५ प्रतियोगीहरुले त्यहाँ फ्यासिनो स्कूटर सवार गरेका थिए । इभेन्टको एक हिस्सा स्वरुप ट्राफिक प्रहरी मुख्यालयमा भएको ‘ट्राफिक सुरक्षा र यस कानियमहरु’ सम्बन्धी गोष्ठीमा सबै २५ प्रतियोगीहरु सहभागीभई जानकारी हासिल गरेका थिए ।

प्रतियोगीहरुलाई ब्ल्याक, ग्रे, गोल्डेन र ब्लु गरी ४ समुह माविभाजन गरिएको थियो । ब्ल्याक समुहमा प्रतियोगी नं. १ देखि ६ सम्म, समुह ग्रेमा प्रतियोगी नं.७ देखि १२ सम्म, समुह गोल्डेनमा प्रतियोगी नं. १३ देखि १८ सम्म र समुह ब्लुमा प्रतियोगी नं. १९ देखि २५ सम्म रहेका थिए ।

प्रत्येक समुहलाई व्यक्तिगत प्रस्तुति सँगैं सामुहिक कार्य भारको जिम्मादिइएको थियो र त्यसैको आधारमा निर्णायकहरु एवं दर्शकहरुले नयाँयुथ आइकन फेसन एण्ड स्टाइल चयन गर्न अँकप्रदान गरेका थिए ।

फ्यासिनो स्कूटर स्टाइल र फेसनमय डिजाइनको आज एक पर्याय नै बनिसकेको छ जसले सन् २०१६ मा’फेस अफ फ्यासिनो’आरम्भ गरिनुको सार्थकतालाई प्रष्ट्याएको छ ।

पहिलो फेस अफ् फ्यासिनोको उपाधि आश्मा केसिले जितेकी थिइन् । मोरँग अटो वर्क्स इन्टरप्राइजेज र दि हिडन ट्रेजर यो इभेन्टलाई आगामी दिनहरुमा पनि यसैगरी निरन्तरतादिन प्रतिबद्ध छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment