+
+
Shares

नर्सहरुले नै मानव अंग प्रत्यारोपण केन्द्रमा लगाए ताला

अनलाइनखबर अनलाइनखबर
२०७६ वैशाख ११ गते २१:३०

११ वैशाख, काठमाडौं । आफ्नो सेवासुविधाबारे ८बुँदे माग राख्दै आन्दोलनरत नर्सहरुले मानव अंग प्रत्यारोपण केन्द्रमा तालाबन्दी गरेका छन् ।

अस्पतालको सेवा ठप्प हुँदा विरामीहरु मारमा परेका छन् ।

उनीहरुले बुधबार साँझबाट इमर्जेन्सी र आईसीयू बाहेक सबै सेवा ठप्प पारेर अस्पतालमा ताला लगाएका हुन् । ‘तीन दिनदेखि कालोपट्टी बाँधेर काम गरिरहेका थियौं र हाम्रो माग सुनुवाई भएन भने आजबाट हड्ताल भनेका थियौं’ आन्दोलनरत एक नर्सले भनिन्,’हुन्छ हुन्छ भनियो तर, ७/८ महिनासम्म झुलाउने मात्र काम भयो । त्यसैले यो अवस्था आयो ।’

नर्सहरुले ग्रेडिङ सिस्टममा जानुपर्ने, सिनियरहरुलाई इञ्चार्जको जिम्मेवारी दिनुपर्ने लगायतका माग राखेका छन् ।

तर, अस्पतालका प्रमुख पुकारचन्द्र श्रेष्ठ लगायतले आफ्ना मान्छेहरुलाई मात्र अगाडि बढाएको आन्दोलनरत नर्सहरुको आरोप छ । माग पुरा नभएसम्म आन्दोलन गर्ने नर्सहरुको अडान छ ।

अस्पतालको सेवा ठप्प हुँदा विरामीहरु मारमा परेका छन् ।

खण्डनः यो समाचारमा सुरुमा उल्लेख भएको नर्सको नाम हटाइएको छ । फोनमार्फत सूचना दिने नर्सले आफ्नो नामको सट्टा अरुको नाम भनिदिएको र सम्वन्धित नर्सले खण्डन पठाउनु भएकाले क्षमा याचनासहित सच्याएका छौं-सम्पादक

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?