Comments Add Comment

२० हजार घुससहित मालपोतका कार्यालय सहयोगी पक्राउ

१२ वैशाख, बुटवल । मालपोत कार्यालय रूपन्देही भैरहवाका कार्यालय सहयोगी जोगेन्द्रप्रसाद चौधरी घुससहित पक्राउ परेका छन् ।

सेवाग्राहीलाई सुकुम्वासी समस्या समाधान आयोगको निर्णय प्रतिलिपि उपलब्ध गराउने भन्दै उनले २० हजार घुस रकम लिएको भेटिएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलबाट खटिएको टोलीले उनलाई घुस रकमसहित पक्राउ गरेको हो ।

चौधरीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको अख्तियार बुटवलले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment