Comments Add Comment

२ सय बर्ष अगाडिको कथामा ‘प्रेमगीत ३’, प्रदिपको संभावना कती ?

नेपालमा अहिले हिट चलचित्रका सिरिज चलिरहेका छन् । ‘छक्का पन्जा ३’देखि ‘ए मेरो हजुर ३’सम्म आइपुग्दा, हिट सिरिजप्रति दर्शकको चासो बढेको पाइन्छ । यसैले पनि धेरै निर्माता सिरिज बनाउन नै लागिपरेका छन् । यसैविच, चलचित्र ‘प्रेमगीत र प्रेमगीत २’को तेश्रो सिरिज पनि बन्ने भएको छ ।

निर्माण कम्पनी आशुसेन फिल्मस्ले चलचित्र निर्माणको औपचारिक घोषणा गरेको छ । यसको साथै, चलचित्रको प्रदर्शन मिति र निर्देशक पनि फाइनल गरिएको छ । यो चलचित्रलाई चैत्र २८ गते रिलिज गर्ने तयारी गरिएको छ । नयाँ बर्षको छेको पारेर चलचित्रलाई रिलिज गर्न लागिएको हो । यो चलचित्रलाई ‘डमरुको डन्डिबियो’ डेब्यू निर्देशक छेतन गुरुङ र सन्तोष सेनले मिलेर निर्देशन गर्ने भएका छन् । सन्तोष ‘प्रेमगीत र प्रेमगीत २’का निर्माता हुन् ।

यो चलचित्रको थिम पोष्टर पनि सार्वजनिक गरिएको छ । चलचित्रका लागि कोही पनि कलाकार फाइनल नभएको निर्माणपक्षले बताएको छ । यो चलचित्रले २ सय बर्ष अगाडिको कथालाई प्रस्तुत गर्ने निर्माता सेनको भनाई छ । चलचित्रलाई ‘निषेध गरिएको प्रेमकथा’ भनिएको छ ।

‘प्रेमगीत र प्रेमगीत २’का मुख्य नायक प्रदिप खड्का यो चलचित्रमा हुने संभावनाको बारेमा निर्माणपक्षले केही पनि बोलेको छैन । तर, वुझिएअनुसार प्रदिप चलचित्रमा फाइनल भैसकेका छन् । निर्माणपक्षले एकपछि अर्को कलाकारको नाम सार्वजनिक गर्ने योजना अनुसार नै प्रदिपको नाम लुकाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment