Comments Add Comment

हतियारसहित त्रिभुवन विमानस्थलमा पोल्याण्डका नागरिक पक्राउ

१२ वैशाख, काठमाडौं । कतार एयरको उडानद्वारा काठमाडौं आएका पोल्याण्डका नागरिक एडोम रज्जर एडाडमुस विभिन्न हातहतियारसहित बुधबार साँझ पक्राउ परेका छन् ।

उनले बोकी ल्याएको ह्याण्ड ब्यागमा त्रिभुवन विमानस्थल भन्सार कार्यालयले चेकजाँच गर्ने क्रममा मेड इन चाइना लेखेको बन्दुकजस्तो देखिने कालो रङ्गको एउटा हतियार र १७७ क्यालिबरको गोलीको ३ प्याकेट फेला पारेको प्रहरीले जानकारी दिएको छ ।

विमानस्थल भन्सार कार्यालयले उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा बुझाएको थियो । पक्राउ परेका पोल्याण्डका नागरिकलाई थप आवश्यक अनुसन्धानको लागि महानगरीय प्रहरी वृत्त गौशाला पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment