
काठमाडौं । श्रीलंका सरकारले आइतबार भएको श्रृखलावद्ध विस्फोटमा गुप्तचर संयन्त्रको असफता स्वीकार गरेका छन् ।
आइतबार तीन चर्च र चार होटलमा भएको विस्फोटमा ३५९ जनाको मृत्यु भएको थियो भने ५०० बढी घाइते भएका छन् ।
घटनाबारे संसदलाई जानकारी दिँदै सरकारले भारतको खुफिया एजेन्सीले दिएको चेतावनीलाई सही रुपमा नलिएको पाइएको बताएको छ । राष्ट्रपति मैत्रिपाल सिरिसेनाले रक्षा सचिव र प्रहरीका आईजीलाई बखास्र्त गर्न आदेश पनि दिएका छन् ।
घटनामा इस्लामिक स्टेटको संलग्नता रहेको नरहेकोबारे सरकारले जाँच गरिरहेको छ । घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका ९ मध्ये ८ जना भने श्रीलंकन नागरिक भएको खुलेको छ । एक आक्रमणकारी भने श्रीलंका आउनुपूर्व बेलायत र अष्ट्रेलियामा अध्ययन गरेको भएको बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4