Comments Add Comment

बिग ब्यास लिग नखेल्ने वाट्सनको घोषणा

१३ वैशाख, काठमाडौं । अष्ट्रेलियाका अलराउण्डर सेन वाट्सनले बिग ब्यास लिग करियर अन्त्यको घोषणा गरेका छन् ।

उनले २०१६ मै अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास लिएका थिए । लिग लिग भने खेलिरहे । परिवारलाई समय दिने भन्दै उनले शुक्रबार बिग ब्यास लिग करियर अन्त्यको घोषणा गरे ।

तर, एनएसडब्लू प्रिमियर क्रिकेटमा सदरल्याण्ड डीसीसी र निश्चिच विदेशी लिग भने खेल्ने बताएका छन् ।

३७ वर्षीय वाट्सनले पछिल्लो चार वर्ष सिड्नी थन्डर्समा आवद्ध सबैलाई धन्यवाद दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment