Comments Add Comment

राजस्थान रोयल्स ३ विकेटले विजयी

Photo Credit : IPL

१३ वैशाख, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सले कोलकाता नाइटराइडर्सलाई तीन विकेटले हराएको छ ।

राजस्थानलाई कोलकाताले १७६ रनको लक्ष्य दिएको थियो । सो लक्ष्य राजस्थानले १९.२ ओभरमा ७ विकेट गुमाएर पूरा गर्‍यो । राजस्थानको जितमा अजिक्य रहाणेले ३४ र जोफ्रा आर्चरले २७ रन योगदान गरे ।

कोलकाताका लागि पियुष चावलाले तीन र सुनिल नरेनले दुई विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १७५ रन बनाएको थियो । कप्तान दिनेश कार्तिकले नविजित ९७ रन बनाए । उनले ५० बलमा सात चौका र नौ छक्का प्रहार गरे । ओपनर क्रिस लिनले खाता नै खोल्न सकेनन् ।

राजस्थानका लागि वरुण एरोनले दुई विकेट लिए ।

यो जितसँगै राजस्थान अंक तालिकामा सातौं स्थानमा पुगेको छ । कोलकाता आठ अंकका साथ छैठौं स्थानमा छ । प्लेअफमा पुग्ने सम्भावना कायम राख्न यी दुवै टिमले बाँकी तीन-तीन खेल पनि जित्नुपर्ने हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment