+
+
Shares

धुर्मुस र सुन्तलीका लागि बन्यो क्रिकेटको गीत

अनलाइनखबर अनलाइनखबर
२०७६ वैशाख १३ गते १६:५९

 

चितवनमा अन्तर्राष्ट्रिय रंगशाला निर्माण अहोरात्र जुटिरहेका हास्य कलाकार जोडी सिताराम कट्टेल धुर्मुस र कुञ्जना घिमिरे सुन्तलीलाई हौस्याउँदै एउटा गीत बनेको छ । बिहिबार युट्यूवमा सार्वजनिक गरिएको गीतमा लोकगायक बद्री पंगेनी र पूर्णकला विसीले स्वर दिएका छन् ।

‘समृद्ध नेपाल बनाउने मन छ, नेपालीको, गौतम बुद्ध रंगशाला बन्छ नेपालीको’ बोलको गीत धुर्मुस सुन्तलीको यूट्यूव अकाउन्टबाट सार्वजनिक गरिएको हो । गीतको म्युजिक भिडियो शंकर विसीले निर्देशन गरेका छन् भने सुदिप बरालको छायांकन रहेको छ । दुर्गा पंगेनीले लेखेका शब्दहरुमा ‘देश चिनाउने रंगशाला निर्माणमा दिल खोलेर सहयोग गर्न’ आह्वान गरिएको छ ।

धुर्मुस सुन्तली फाउन्डेसनले चितवनमा करिब ३ अर्बको बजेटमा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउने घोषणा गरेको थियो । अहिले रंगशालाका प्रारम्भिक कामहरु भइरहेका छन् । धुर्मुस सुन्तली यतिबेला रंगशालाको सहयोगार्थ हुन लागेको सांस्कृतिक कार्यक्रमका लागि दुवईमा पुगेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?