Comments Add Comment

अष्ट्रेलियाको सिड्नीमा गैरआवासीय नेपाली उद्यमी सम्मेलन

सिड्नी/अष्ट्रेलियाको सिड्नीमा एक दिने गैरआवासीय नेपाली उद्यमी सम्मेलन सुरु भएको छ ।

गैरआवासीय नेपाली संघ अष्ट्रेलियाले आयोजना गरेको सम्मेलनमा अष्ट्रेलियामाम क्रियाशील नेपाली व्यवसायीहरु, विद्यार्थीहरु र सामाजिक नेताहरुको उपस्थित छन् ।
सम्मेलनमा युवा तथा विद्यार्थी सत्र, प्रत्यक्ष वैदेशिक लगानी सत्र, सामाजिक उद्यमशील सत्र गरी ३ वटा सत्रमा उद्यमशीलता सम्बन्धी बहस हुने छ ।

नेपाल, अष्ट्रेलिया, न्युजिल्याण्ड र अमेरिकाबाटसमेत उपस्थिति रहेको सम्मेलनमा युवा, विद्यार्थी, लिला गर्बुजा, विजय सापकोटा र स्वतन्त्र प्रताव शाह, संजीज पाण्डे, किशोर बैद्य, ईश्वर कुइकेल, रञ्जु थापा, मोती लिम्बुलगायतले कार्यपत्र पेश गर्ने छन् ।

‘एक कार्यसमिति सदस्य एक लगानी र एक रोजगारी’ शीर्षकमा भइरहेको सम्मेलनमा डा. शमशेरसिंह थापा, डा. कृष्ण हमाल, गोवा कट्वाल, श्री नापित र डा. राजु अधिकारीले सहजकर्ताको भूमिका निर्बाह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment