+
+
Shares

गौरको पुस्तकालय अगाडि शंकास्पद वस्तु फेला

डिस्पोजका लागि नेपाली सेना बोलाइयो

अनलाइनखबर अनलाइनखबर
२०७६ वैशाख १४ गते १०:३२

१४ वैशाख, रौतहट । गौर नगरपालिका–५ मा शनिबार बिहानै शंकास्पद वस्तु फेला परेको छ । नगरपालिकाको कलाकुञ्ज पुस्तकालय अगाडि कालोप्लास्टिकमा शंकास्पद वस्तु भेटिएको हो ।

शंकास्पद वस्तु बम भएको आशंका गरिए पनि त्यसको पुष्टि हुन नसकेको प्रहरीले जनाएको छ ।

प्रहरीले अहिले बमको आशंकामा उक्त वस्तुलाई घेरा हालेर राखेको छ ।

शंकास्पद वस्तु निष्क्रिय पार्न प्रहरीले सेनालाई खबर गरेको छ । रौतहट प्रहरीका अनुसार सेनाको बम डिस्पोजल टोली त्यसतर्फ जाँदै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?