Comments Add Comment

‘मन्द मन्द’मा विनय, प्रमोद र रविन्द्र

चलचित्र ‘मन्द मन्द’को निर्माण हुने भएको छ । सस्पेन्स कथामा यो चलचित्र निर्माण हुन लागेको हो । राजबहादुर सानेको लेखन र निर्देशनमा बन्ने चलचित्रमा बिनय श्रेष्ठ, प्रमोद अग्रहरि र रबिन्द्र झा अनुबन्धित भइसकेका छन् भने केही कलाकार छनौट कार्य हुँदैछ ।

रुद्राक्ष फिल्मस्को ब्यानरमा रुद्र खनाल कार्यकारी निर्माता रहेको यो चलचित्रको छायांकन वैशाखको तेश्रो साताबाट सुरु हुने बताइएको छ । टेकराज रेग्मी र कमल गिरीको लगानीमा बन्न लागेको चलचित्रलाई काठमाडौ, नारायणगढ, बुटवल, कोहलपुर, सुर्खेत, कालिकोट हुँदै जुम्ला र मुगुका बिभिन्न स्थानमा खिचिने जानकारी निर्देशक सानेले दिएका छन् ।

दिव्यराज सुवेदीको छायांकन रहने चलचित्रमा रामजी लामिछानेले कोरियोग्राफी गर्नेछन् । समाजको हालको समस्यालाई यो चलचित्रमा उठान गर्ने निर्माणपक्षले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment