Comments Add Comment

महिन्द्राको फ्रि मेगा सर्भिस क्याम्प

१५ वैशाख, काठमाडौं । नेपालमा महिन्द्रा गाडीहरुको एक मात्र आधिकारिक वितरक अग्नि ग्रुपले हालै बीरगञ्जमा महिन्द्रा ट्रयाक्टरहरुका लागि फ्रि मेगा सर्भिस क्याम्प तथा स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न गरेको छ । वैशाख ७ गतेदेखि ९ गतेसम्म सञ्चालित यस शिविरमा वीरगञ्जवासीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

फ्रि सर्भिस क्याम्पमा लुबि्रकेन्ट, स्पेयर पार्ट्स तथा अन्य एक्सोसरिजहरुमा प्रदान गरिएको विशेष छुट प्रमुख आकर्षंणका रुपमा लिइएको थियो । सर्भिस क्याम्पका सहभागी हुने भाग्यशाली विजेताहरुलाई आकर्षक उपहार पनि प्रदान गरिएको थियो ।

मनोज शाही, शोनालाल राउत तथा विरेन्द्र शाहले लक्की ड्र मार्फत उपहार समेत जितेको थियो ।

यो मेगा सर्भिस क्याम्पमा दक्ष प्राविधिकहरुले साधनको परीक्षण गरेको थिए । साथै निःशुल्क स्वास्थ्य शिविर प्रमुख आकर्षणका रुपमा लिएको थियो भने समग्रमा यो क्याम्प सफल भएको जानकारी प्रेस विज्ञप्ति मार्फत जानकारी गराइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment