Comments Add Comment

बोरुसिया डर्टमुन्डको उपाधि होडमा साल्केको धक्का

१५ वैशाख, काठमाडौं । बोरुसिया डर्टमुन्डले बुन्डेजलिगामा शहरी प्रतिद्वन्द्वी साल्केसँग हार व्यहारेको छ । यो हारसँगै डर्टमुण्डको उपाधि होडमा नराम्रो धक्का लागेको छ ।

शनिबार राति भएको खेलमा बोरुसिया डर्टमुन्डले शाल्केसँग ४–२ को हार व्यहारेको हो । घरेलु मैदानमा भएको खेलमा उसले १४ औं मिनेटमा मारियो गोट्जेको गोलबाट अग्रता लिएको थियो ।

तर चार मिनेटपछि नै शाल्केले ड्यानिअल कालिजुरीको गोलमार्फत बराबरी गर्‍यो । २८ औं मिनेटमा सानेले गोल गर्दै शाल्केलाई २–१ को अग्रता दिलायो ।

दोस्रो हाफको खेल केही तनावपूर्ण रह्यो । ६० औं मिनेटमा मार्को रियुसले रातो कार्ड पाए भने कालिजुरीले पेनाल्टीमा गोल गरे । पाँच मिनेटपछि नै डर्टमुन्डले अर्को झड्का व्यहो¥यो, जब मारियस उल्फले रातो कार्ड पाए । सडरलाई खराब ट्र्याकल गरेपछि उनले रातो कार्ड पाएका हुन् ।

अन्तिम ३० मिनेट ९ खेलाडीमा सीमित भएको डर्टमुन्डका लागि खेलको ८४ औं मिनेटमा विट्सलले गोल गरे । तर, दुई मिनेटपछि नै इम्बोलोले गोल गर्दै साल्केलाई ४–२ गोल अन्तरको जित जिलाएका छन् ।

हारपछि डर्टमुन्डका प्रशिक्षक लुसियन फाभले आफ्नो टिम उपाधि होडबाट बाहिरिएको घोषणा गरे । लिगमा तीन खेल खेल्न बाँकी छँदा बोरुसिया डर्टमुन्डको ६७ अंक छ भने एक खेल कम खेलेको बार्यन म्युनिखको ७० अंक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment