Comments Add Comment

वी केयरको स्थापना दिवसमा पर्थमा कलाकारहरूको सांगीतिक प्रस्तुति

सिड्नी / पर्थका नेपाली कलाकारहरुले एक कार्यक्रमका बीच एकल संगीतिक प्रस्तुति दिएका छन् । ४ वर्षअघि नेपालमा गएको महाभूकम्पमा परी मृत्यु भएका र घाइतेहरुको सम्झनामा आयोजित उक्त च्यारिटी कार्यक्रममा पर्थका झन्डै एक दर्जन भन्दा बढी नेपाली कलाकारहरुले आफ्नो प्रस्तुति दिएका हुन् ।

पर्थको च्यारिटी संस्था वी केयर नेपाल इन्कले आफ्नो चौथो स्थापना दिवसका अवसर पारेर कार्यक्रम गरेको हो । भूकम्पमा परी मृत्‍यु भएकाहरूको सम्झना र घाइतेहरुको स्वास्थ्य लाभको कामना गर्दै कलाकार तथा भोलेन्टियर्सहरुले दिप प्रज्वलन गरी कार्यक्रम सुरू गरिएको थियो ।

कार्यक्रममा स्वस्ती श्रेष्ठ, बबिता केसी, सुन्दर भुसाल, डिल्ली पराजुली, गणेश घिमिरे, रिमा बोगटी, रिया श्रेष्ठ, एरिका उदास, बिनोद दाहाल, अनिश शाही, आयुसी सुब्बा, दिनेश तुलाधर, उज्ज्वल केसी, निमा लामा र बसन्त पोख्रेल लगायतका कलाकारहरुले सांगीतिक प्रस्तुति दिएका थिए ।

कार्यक्रमका दौरान र्याफल्समार्फत ८ जना सहभागीहरुलाई पुरस्कृतसमेत गरिएको थियो ।

च्यारिटीबाट संकलित रकम हावाहुरी पीडीतलाई

उक्त च्यारिटी डिनरबाट संकलित रकमको केही हिस्सालाई बारा र पर्सा जिल्लामा हावाहुरीबाट प्रभाबित बनेका ठाउँहरुमा खर्च गरिने र बाँकी रकमलाई वी केयर नेपालले नेपालमा संचालन गर्ने अन्य प्रोजेक्टहरुमा खर्च गर्ने योजना रहेको संस्थाले जानकारी दिएको छ ।

वी केयर नेपाल इन्कको स्थापना, नेपालमा महाभूकम्प गएको दिन अर्थात २५ अप्रिल २०१५, मा भएको थियो। यो संस्था नेपालका प्राकृतिक बिपत्तीहरु, पिछडिएका समुदाय, अनाथ बाल-बालिका तथा असहाय, विद्यालय तथा र दुर्गम भेगका बस्तीहरुको समष्टिगत विकासमा सहयोग गर्ने उधेश्यका साथ पश्चिम अष्ट्रेलियाको पर्थमा स्थापना भएको हो ।

स्थापनाकाल देखिहालसम्म पर्थमा केन्द्रित रहेर संस्थाले बिभिन्न च्यारिटी कार्यक्रम गरी भूकम्प पीडितलगायत विभिन्न सामाजिक सेवामा खर्च गरेको छ ।

    

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment