+
+
Shares

दार्चुलाका स्थानीय तहमा १६ करोड बढी बेरुजु

सन्तोष कोट्टारी सन्तोष कोट्टारी
२०७६ वैशाख १५ गते १८:३१

१५ वैशाख, दार्चुला । दार्चुलाका स्थानीय तहको बेरुजु १६ करोड भन्दा बढी देखिएको छ । महालेखा परीक्षकको वाषिर्क प्रतिवेदन अनुसार दार्चुलाका ९ स्थानीय तहको बेरुजु १६ करोड ५१ लाख २७ हजार रुपैयाँ रहेको छ ।

९ स्थानीय तहको ४ अर्ब ९७ करोड ३४ लाख ६८ हजार बजेटमध्ये ३.३२ प्रतिशत रकम बेरुजु भएको हो ।

सबैभन्दा बढी बेरुजु शैल्यशिखर नगरपालिकाको छ । शैल्यशिखरको ७५ करोड ६९ लाख ५१ हजार बजेटमध्ये ५ करोड २५ लाख ३७ हजार रुपैयाँ -६.९४ प्रतिशत) बेरुजु देखिएको हो ।

लेकम गाउँपालिकाको बेरुजु रकम ४.९५ प्रतिशत रहेको छ । ५६ करोड १० लाख ४५ हजार मध्ये २ करोड ७८ लाख १२ हजार रुपैयाँ बेरुजु देखिएको छ ।

नौंगाड गाउँपालिकाको ५५ करोड ९६ लाख ३३ हजारमध्ये २ करोड ४ लाख ४७ हजार रुपैयाँ बेरुजु रहेको छ ।

दार्चुलाका स्थानीय सरकारमध्ये सबैभन्दा कम मार्मा गाउँपालिकामा बेरुजु छ । मार्मा गाउँपालिकाको ५२ करोड ३ लाख ३ हजारमध्ये ५८ लाख ९० हजार -१.१३ प्रतिशत) मात्रै बेरुजु छ ।

दुहुँ गाउँपालिका ३९ करोड ५१ लाख १५ हजार रकम मध्ये १.१७ प्रतिशत अर्थात ४६ लाख ३७ हजार बेरुजु छ ।

महाकाली नगरपालिका ८० करोड १२ लाख २३ हजारमध्ये १ करोड ४५ लाख ३१ हजार (१.८१ प्रतिशत ) रुपैयाँ बेरुजु छ ।

व्याँस गाउँपालिकाको एक करोड ७१ लाख १७ हजार, मालिकार्जुन गाउँपालिकाको १ करोड ५४ लाख ७ र अपि हिमाल गाउँपालिकाको ६७ लाख ४९ हजार रुपैयाँ बेरुजु रहेको महालेखा परीक्षकको ५६औं वाषिर्क प्रतिवेदनमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?