+
+
Shares

बिहेको प्रलोभन देखाइ बालिका बलात्कार गर्ने पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७६ वैशाख १६ गते १३:२३

१६ वैशाख, नवलपरासी । पूर्वी नवलपरासीको कावासोतीमा १६ वर्षीय बालिका बलात्कार गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

प्रहरीले कावासोती-११ लौखानी निवासी २६ वर्षीय आशाराम माझीलाई पक्राउ गरेको हो । आइतबार पक्राउ परेका आशारामले बालिकालाई नियमित बलात्कार गर्ने गरेको प्रहरी समक्ष बयान दिएका छन् ।

पछिल्लो समय आशारामले ती बालिकालाई बलात्कार गरेको गाउँलेहरुले नै देखेपछि प्रहरीमा उजुरी गरेका थिए ।

विवाह भएर श्रीमतीले छाडेपछि एक्लै बसेका माझीले बालिकालाई विवाह गर्ने लगायतका प्रलोभन देखाइ बलात्कार गरेको प्रहरीलाई बयान दिएका छन् ।

प्रहरीले माझीलाई आइतबार पक्राउ गरेर अनुसन्धान सुरु गरेको हो । बालिकालाई भने स्वास्थ्य परीक्षणका लागि पठाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?