Comments Add Comment

श्रीलंकामा अनुहार ढाक्ने पहिरन लगाउन प्रतिबन्ध

१६ वैशाख, काठमाडौं । श्रीलंका सरकारले अनुहार ढाक्ने सबै कपडा तथा पहिरनमा प्रतिबन्ध लगाएको छ । ईस्टर सन्डे पर्वको दिन भएको चरमपन्थी आक्रमणपछि सरकारले यो कदम चालेको हो ।

राष्ट्रिय सुरक्षालाई ध्यानमा राखेर यो कमद चाल्नु परेको राष्ट्रपति मैत्रिपाल सिरिसेनाले बताउ । सोमबारबाट लागू भएको यो प्रतिबन्धमा मुस्लिम कहिलाले लगाउने नकाब वा बुर्काबारे केही भनिएको छैन ।

आदेशमा मानिसको अनुहार पुरा देखिनुपर्ने बताइएको छ, ताकि उनलाई पहिचान गर्न सकियो ।

श्रीलंकाका प्रधानमन्त्रीले मुस्लिम धार्मिक गुरुको प्रमुख संस्था आईसीजेयूको सल्लाहमा यसबारे प्रस्ताव तयार पार्न कानुनमन्त्रीलाई निर्देशन दिएको बीबीसीले जनाएको छ ।

आईसीजेयूले हालै मात्र एक प्रस्ताव तयार पारेर अनुहार ढाक्ने पहिरनमा प्रतिबन्ध लगाउन सरकारलाई आग्रह गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment