
१६ वैशाख, काठमाडौं। अग्नि ग्रुप अन्तर्गत अग्नि मोटोइन्क प्रालिद्वारा नयाँ वर्ष २०७६ को अवसरमा ‘खुशी आउँछ बन्डलमा’ योजना अन्तर्गत पहिलो बम्पर विजेताको घोषणा गरिएको छ ।
पोखराको न्यूरोडका रबिन कुमार विक पहिलो बम्बर जित्न सफल भएका हुन् । कुपन नं १२२७ का विकले बम्बर उपहार अन्तर्गत होम अप्लायन्सहरु प्राप्त गरेका छन् ।
यस योजनामा पहिलो विजेता बन्न सफल रबिन कुमार विकलाई हार्दिक बधाई सहित उपहार प्रदान गरिएको छ । हरेक पन्ध्र दिनमा एकजना भाग्यशाली विजेतालाई बम्बर उपहार प्रदान गरिन्छ ।
योजना अवधिभित्र महिन्द्राका स्कुटर वा मोटरसाइकल खरिद गर्ने ग्राहकलाई प्रदान गरिएको कुपनलाई लक्की ड्रमा समावेश गरी हरेक १५ दिनमा एक जना भाग्यशाली व्यक्तिलाई होम अप्लायन्सहरु प्रदान गरिन्छ ।
साथै, यस योजना अन्तर्गत हरेक बाइक तथा स्कुटरको खरिदमा इन्स्ट्यान्ट क्यास ब्याक प्राप्त गर्न सकिन्छ । स्क्र्याच कुपनमा न्यूनतम रु. १०००० देखि रु. १ लाखसम्मको क्यास ब्याक हरेक ग्राहकले प्राप्त गर्न सक्नेछन् ।
यसका साथै एक वर्षको लागि तेस्रो पक्ष बीमा तथा सवारी करको सुविधा तथा आकर्षक हेलमेन्ट पनि निःशुल्क रुपमा प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।
यो योजना महिन्द्राका टूह्वीलरको खरिदमा नेपालभर सञ्चालित भई रहेको छ । लक्की ड्रको घोषणा कम्पनीको आधिकारिक फेसबुक पेजमार्फत प्रत्यक्ष प्रसारण गरिँदै आएको छ ।
सन् १९९१ मा नेपालमा स्थापना भएको अग्निग्रुप प्रा.लि. अन्तर्गत अग्नीइन्कर्पोरेटेड प्रा.लि., अग्निइनर्जी प्रा.लि., अग्निमोटोइन्क प्रा.लि., बालाजू अटो वक्र्स प्रा.लि.रहेका छन् । यी कम्पनीहरुले महिन्द्रा युटिलिटि भेइकल, ट्याक्टर, टुह्वीलर, थ्री ह्वीलर तथा विद्युतीय कार तथा जेनेरेटरहरु विक्री वितरण गर्दै आएका छन् ।
प्रतिक्रिया 4