Comments Add Comment

सेनाले मात्रै प्रयोग गर्ने हतियार बगरमा भेटियो

Photo Credit : प्रतीकात्मक तस्वीर/अनलाइनखबर फाइल

१६ वैशाख, विराटनगर । नेपाली सेनाले मात्र प्रयोग गर्ने आधुनिक हतियार ‘एम १६’ नुनसरी-बक्राह खोला किनारमा फेला परेको छ । मोरङको मिक्लाजुङ गाउँपालिका- ६ नुनसरी बक्राह खोलामा खिया लागेको अवस्थामा नेपाली सेनाले प्रयोग गर्ने एम १६ राइफल, म्यागजिन र ६ राउण्ड गोली फेला परेको हो ।

खोलाबाट ढुंगागिटी उत्खनन गरिरहेको स्काभेटरले नदिजन्य बस्तु निकाल्ने क्रममा हतियार भेटेपछि प्रहरीलाई खबर गरेको थियो । मधुमल्लाबाट पुगेको प्रहरीले आइतबार खिया लागेको अवस्थाको हतियार फेला पारेको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी घनश्याम श्रेष्ठले जानकारी दिए ।

गाडिएको अवस्थामा भेटिएको हतियार प्रयोग गर्न नमिल्ने अवस्थाको छ । एम १६ हतियार द्वन्द्वकालमा नेपाली सेनाले मात्र प्रयोग गर्ने अनुमति पाएको थियो ।

खोलामा भेटिएको हतियार द्वन्द्वकालमा तत्कालिन विद्रोही पक्ष माओवादीले खोसेर लुकाएको हुनसक्ने प्रहरीले बताएको छ ।

हतियार भेटिएपछि अनुसन्धान सुरु गरेको डीएसपी श्रेष्ठले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment