
१६ वैशाख, काठमाडौं । पाँचौं केएनपी राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधिका लागि नेपाल आर्मी र एपीएफ क्लबबीच प्रतिस्पर्धा हुने भएको छ ।
सोमबार भएको पहिलो सेमिफाइनलमा एपीएफले न्युडायमण्डलाई २५–१६, २५–२० र २५–१६ को सोझो सेटमा पराजित गर्न सफल भयो ।
त्यस्तै, दोस्रो सेमिफाइनलमा नेपाल आर्मीले पुलिसलाई २१–२५, २५–१८, २८–२६ र २५–१३ कोे सेटमा संघर्षपूर्ण जित निकाल्दै फाइनलमा पुगेको हो । प्रतियोगिताको फाइनल खेल मंगलबार हुनेछ ।
शेरबहादुर खड्का स्मृति प्रतिष्ठानले गरेको प्रतियोगिताका विजेताले २ लाख, उपविजेताले १ लाख, तृतिय हुने टिमले ५० हजार नगद प्राप्त गर्ने छन् । प्रतियोगिताको सर्वोेकृष्ट खेलाडी र शेरवहादुर खड्का स्पेशल अवार्ड विजेताले जनही १५÷१५ हजार प्राप्त गर्ने छन् ।
विधागततर्फ वेष्ट स्पाईकर, वेष्ट सेटर, बेष्ट ब्लक, बेष्ट डिफेन्स, बेष्ट क्विकर, बेष्ट सर्भर र बेष्ट प्रशिक्षकले जनहि ५ हजार नगद प्राप्त गर्ने छन् ।
प्रतिक्रिया 4