Comments Add Comment

टुकुचाको तरकारी बजारलाई लिएर नेकपाभित्र लफडा

प्रदेश अध्यक्ष नारायण दाहालले मन्त्रीलाई पत्र लेखे

१७ वैशाख, काठमाडौं । भृकुटीमण्डप बागबजार टुकुचा खोलको किनाराको ७ रोपनी जग्गामा खोलिएको ईच्छुमति सामुदायिक कृषि बजारको विषयलाई लिएर सत्तारुढ नेकपाभित्र झगडा सुरु भएको छ । समाजकल्याण परिषदले उक्त कृषि बजारको सम्झौता रद्द गरेको विरोधमा नेकपाका प्रदेश ३ का अध्यक्ष नारायणप्रसाद दाहालले मन्त्री थममाया थापालाई पत्र नै लेखेका छन् ।

टुकुचामा ७ रोपनी जग्गामा रहेको कृषि बजार सञ्चालनका लागि हरित कृषि सहकारी संस्थाले समाज कल्याण परिषदसँग सम्झौता गरेको थियो । अघिल्लो साता सो सम्झौता समाज कल्याण परिषदले खारेज गरिदिएपछि यसमा नेकपाको ध्यानाकर्षण भएको प्रदेश अध्यक्ष दाहालले बताएका छन् । महिला बालिका मन्त्री थममाया थापालाई लेखिएको पार्टीको पत्रमा सो निर्णय फिर्ता लिन भनेको छ ।

नेकपाका प्रदेश अध्यक्ष दाहालले मन्त्रीलाई लेखेको पत्रमा भनिएको छ, ‘त्यसमन्त्रालय अन्तरगत समाजकल्याण परिषद र हरित कृषि सहकारीवीच भएको सम्झौताका खारेजीसम्बन्धी कारवाही गर्ने सूचनाले हाम्रो ध्यानाकर्षण भएको छ ।’

नेकपा नेता दाहालले मन्त्रीलाई सम्झाउँदै भनेका छन्– देशले ३ खम्बे अर्थनीति अवलम्बन गरेको अवस्थामा सहकारीको माध्यमबाट तरकारीको विक्री वितरण र व्यवस्थापन गर्ने कामलाई निरन्तरता दिन उचित हुने हुँदा हालको कारवाही स्थगित गरी इच्छुमती सामुदायिक कृषि बजारको व्यवस्थापन र नियमन हरित कृषि सहकारीमार्फत नै कार्य अगाडि बढाउन अनुरोध गर्दै यो सिफारिस गरिन्छ ।’

नेकपाकै व्यापारीवीच अन्तरविरोध

ईच्छुमति सामुदायिक कृषि बजारमा पूर्वएमाले र पूर्वमाओवादीका व्यापारीवीच झगडा चर्केको स्रोत बताउँछ । यही विवादका वीचमा पूर्वएमालेका व्यापारीले समाज कल्याण परिषद र मन्त्री थममाया थापालाई प्रभावमा पारेर हरित कृषि सहकारीसँगको सम्झौता खारेज गराएको पूर्वमाओवादी पक्षको आरोप छ ।

उता पूर्वएमाले पक्षका व्यवसायीहरुले चाहिँ यो सम्झौतामा अनियमतिता भएको भन्दै आफ्नै हरित कृषि सहकारीको विरोध गदर्लै आइरहेका छन् ।

ईच्छुसमति सामुदायिक कृषिबजारमा व्यवसायीवीचमा अन्तरविरोध रहेको प्रदेश ३ का अध्यक्ष नारायण दाहालले पनि स्वीकारेका छन् । उनले मन्त्री थममायालाई लेखेको पत्रमा भनेका छन्– ‘उक्त स्थानमा व्यवसायीका वीचमा भएको अन्तरविरोधको कारण समस्या उत्पन्न भएको छ । यसकारण ३ नम्बर प्रदेश संगठन कमिटी, जिफन्ट र व्यवसायीवीचमा अत्यन्तै लामो छलफल, मध्यस्थता र सहमति गर्ने प्रयास भइरहेको छ ।’

समाजकल्याण परिषदले ईच्छुमती कृषि बजारसँगै भृकुटीमण्डपमा सञ्चालित फनपार्कको समेत सम्झौता खारेज गरेको छ ।
यो पनि पढ्नुहोस फनपार्कलाई भृकुटीमण्डप छोड्न परिषदको पत्र

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment