Comments Add Comment

जापानका राजा अकिहितोले गद्दीत्याग गर्दै

१७ वैशाख, काठमाडौं । जापानी राजा अकिहितोले पदत्याग गर्ने घोषणा गरेका छन् । ८५ वर्षका राजा अकिहितोले उमेर र स्वास्थ्य समस्याका कारण आफ्नो भूमिका कुशलतापूर्वक निर्वाह गर्न कठिन रहेको भन्दै गद्दीत्यागको घोषणा गरेका हुन् ।

जापानी राजसंस्थाको दुई सय वर्षको इतिहासमा उनी गद्दी त्यागको घोषणा गर्ने पहिलो राजा हुन् । उनको गद्दीत्याग समारोह मंगलबार हुनेछ । उनले जापानी राजदरबारमा कुल देवताको विधिपूर्वक पूजा गरी गद्दीत्यागको घोषणा गर्नेछन् ।

राजा अकिहितोले गद्दीत्याग गरेको भोलिपल्ट छोरा राजकुमार नारुहितोले राज्याभिषेक गर्नेछन् । जापानका राजा सांकेतिक भनिए पनि देशको राजकीय शक्ति उनीहरुको हातमा नै हुन्छ । राजा अकिहितो रोग तथा प्रकोपपीडित जनतासँग प्रत्यक्ष संवाद गर्ने बानीका कारण जापानमा शक्ति आर्जन गरेका थिए ।

गद्दीत्याग समारोह सामान्य रुपमा १० बजेपछि सुरु हुनेछ । जहाँ राजा अकिहितोले पहिले कुल देवीको पूजा गर्नेछन् । गद्दीत्याग समारोह राजदरबारको मात्सु नो मा स्टेट हलमा हुने अनुमान गरिएको छ ।

गद्दीत्याग समारोहमा राजा अकिहितोले राजाका रुपमा आफ्नो अन्तिम संबोधन गर्नेछन् । त्यसपछि बुधबार विहान राजकुमार नारुहितोले राजाको रुपमा राज्याभिषेक गर्नेछन् ।

राजा अकिहितोले दुई वर्षअघि गरेको संबोधनमा आफ्नो उमेरका कारण डर लागिरहेको र आफ्नो दायित्व कुशलतापूर्वक निर्वाह गर्न समस्या हुने हुनाले गद्दीत्याग गर्ने चाहना रहेको बताएका थिए । ‘म विचार गर्छु कि मेरो शारीरिक सक्रियता दिनदिनै घट्दैछ, म यसमा दुखी छु, यसले राष्ट्रप्रुमखको दायित्व निर्वाह गर्न कठिन छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment