Comments Add Comment

शेयर बजारमा दोहोरो अकंको गिरावट

१७ वैशाख, काठमाडौं । शेयर बजार परिसुचक नेप्सेमा मंगलबार ११.७० अंकको गिरावट आएको छ । सोमबारदेखि ओरालो लागेको बजारमा लगानीकर्ताको आर्कषण मंगलबार जलविद्युतमा देखिए पनि बजार सुधार भने हुन सकेन ।

मंगलबार १३१०.३० मा खुलेको बजार ११.७० अंकको गिरावटपछि १२९८.६० को विन्दुमा झरेको छ । आज १७६ कम्पनीको २९ लाख ६७ हजार ३५८ कित्ता किनबेच हुंदा कारोबार रकम ९५ करोड ८६ हजार रुपैयाँ कायम रह्यो ।

मंगलबार कारोबार भएका ११ उपसमुह मध्ये ९ उपसमूहको सूचक नकारात्मक देखियो भने जलविद्युत र फाइनान्स उपसमुहको सूचक सकारात्मक देखियो । मंगलबार जलविद्युत समूहको सूचक ४५.४९ अंकले बढ्दा फाइनान्स समुहको सूचकमा पनि १.०३ अंकको सुधार आयो ।

मंगलबार सानिमा माई हाइड्रोपावरका शेयरधनीहरुले सबै भन्दा धेरै ९।९६ प्रतिशत कमाए भने राष्ट्रिय बीमा कम्पनीको शेयरधनीहरुले सबै भन्दा धेरै ५।९८ प्रतिशत गुमाएउन पुगे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment