Comments Add Comment

फ्यानमाझ पूजाको यस्तो क्रेज

नायिका पूजा शर्माले यस अगाडि आफ्ना जन्मदिन धेरै पटक मनाइन् होला । तर, २७ औं बर्षमा प्रवेश गर्दै गर्दा उनको जन्मदिन विशेष रहन पुग्यो । नायिका पूजा शर्माले आफ्ना फ्यानहरुमाझ जन्मदिन सेलिव्रेशन गरेकी छिन् । काठमाण्डौको एक रेष्टुरेन्टमा फ्यानहरुकै आयोजनामा पूजा र नायक आकाश श्रेष्ठले केक काटे ।

नायिका शर्माले फ्यानहरुमाझ केक काट्दै भनिन्–‘मलाई यति धेरै माया फ्यानबाट पाउँछु भन्ने लागेको थिएनँ । यो माया नै मेरा लागि सबैभन्दा अमुल्य छ ।’ पूजा शर्माका करिब २ दर्जन फ्यानले एकसाथ भेला भएर उनको जन्मदिन सेलिव्रेशन गरेका थिए । जन्मदिनमा पूजालाई फ्यानहरुले सुनको सिक्री उपहार दिए । पूजालाई मात्र होइन, आकाशलाई पनि फ्यानहरुले सुनको सिक्री उपहार दिएका थिए । पूजा र आकाशलाई अन्य थुप्रै गिफ्ट ह्याम्पर पनि फ्यानहरुले उपहार दिएका थिए ।

पूजा शर्माको हार नमानी अगाडि बढ्ने शैली र हरेक कुरामा स्पष्ट बोल्ने बानी आफूहरुलाई विशेष मनपर्ने उनका फ्यानहरुले बताए । पूजा र आकाशको जोडी सबैभन्दा उत्कृष्ट लागेको उनीहरुको भनाई थियो । जन्मदिन विशेष कार्यक्रममा बोल्दै नायक आकाश श्रेष्ठले पूजाको पथमा आफू हिडेको बताए । पूजा जस्तो आफू पनि अगाडि बढ्ने र अरुलाई पनि सँगै लिएर जाने साथी पाएकाले आफू उनीसँग नजिक भएको उनले सुनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment