Comments Add Comment

कैलालीको लम्कीमा पुन: सडक अवरुद्ध

१७ वैशाख, कैलाली । कैलालीको लम्कीमा ट्रकको ठक्करबाट युवतीको मृत्यु भएको विषयमा मंगलबार राति पुन सडक अवरुद्ध भएको छ ।

आफन्त र स्थानीयले पोस्टमार्टम गरिसकेको शव सडकमा राखेर यातायात अवरुद्ध गरेका हुन् । मंगलबार दिउँसो मृतकका परिवारलाई राहत र दोषीलाई कारबाही गर्ने सहमति भएपछि पीडित पक्ष सडक खुलाउन तयार भएका थिए ।

तर लिखित सहमति हुनुपर्ने भन्दै आफन्तहरूले शव सडकमा राखेर प्रर्दशन गरेका हुन् । ना ७ ख ९२३३ नम्बरको ट्रकले ठक्कर दिँदा स्थानीय लक्ष्मी बहुमुखी क्याम्पसमा अध्यययनरत छात्रा २३ वर्षीया सुनीता रावलको मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment