+
+
Shares

प्रेस स्वतन्त्रताका लागि ऐक्यबद्धता र्‍याली

रासस रासस
२०७६ वैशाख १८ गते ११:३०
Photo Credit : RSS

२६औँ विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा नेपाल पत्रकार महासंघले ‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका लागि ऐक्यबद्धता र्‍याली आयोजना गरेको छ । बबरमहलबाट शुरू भएको र्‍याली बिजुलीबजार हुँदै नयाँ बानेश्वरस्थित संघीय संसद् भवन अगाडि पुगेर कोणसभामा परिणत भएको थियो ।

र्‍यालीमा सहभागीहरुले ‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता हामी सबैको ऐक्यबद्धता’, ‘प्रेस स्तन्त्रता कायम गर’ लेखिएका प्लेकार्ड बोकेका थिए ।

सो अवसरमा महासंघका अध्यक्ष गोविन्द आचार्यले सञ्चार क्षेत्रलाई पुनः संरचना गर्दै पत्रकारहरुको न्यनूतम पारिश्रमिक पूर्णरूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।

नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देल, आदिवासी जनजाति पत्रकार महासंघका अध्यक्ष दण्ड गुरूङलागतयले पछिल्लो समयमा प्रेसमाथि आक्रमण बढ्दै गएको भन्दै प्रेस स्वतन्त्रता कायम गर्नुपर्ने माग गरे ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?