Comments Add Comment

कुन देशमा कुन आइफोन लोकप्रिय ? यी हुन् सबैभन्दा लोकप्रिय आइफोन

विश्वमा सबैभन्दा लोकप्रिय आइफोनहरु कुन कुन हुन् ? आइफोनको लोकप्रियताको दर देशगत रुपमा फरक हुन सक्छ । DeviceAtlas ले हालै विश्वका विभिन्न देशमा कुन मोडेलको आइफोन सबैभन्दा लोकप्रिय रहेको छ भन्ने सूचि सार्वजनिक गरेको छ ।

विश्वका विभिन्न ३६ वटा देशमा सन् २०१८ को चौथो त्रैमासिकको बिक्रिका आधारमा सबैभन्दा धेरै लोकप्रिय रहेका आइफोनका मोडेलहरु यी हुन् :

१. भारतमा सबैभन्दा लोकप्रिय आइफोन मोडेलको रुपमा आइफोन सिक्स रहेको छ । दोश्रो स्थानमा आइफोन सेभेन छ भने टप टेनमा रहेका अन्य आइफोनमा आइफोन सिक्स एस, आइफोन एक्स, आइफोन सेभेन प्लस, आइफोन फाइभ एस, आइफोन एट, आइफोन एसइ, आइफोन सिक्स एस प्लस र आइफोन सिक्स प्लस रहेका छन् ।

२. अमेरिकामा चाही आइफोन सेभेन सबैभन्दा लोकप्रिय आइफोनको मोडेल बनेको छ । अमेरिकामा लोकप्रिय टपटेन अन्य आइफोन मोडेलमा आइफोन एट प्लस, आइफोन सेभेन प्लस, आइफोन एक्स, आइफोन एट, आइफोन सिक्स एस, आइफोन सिक्स, आइफोन एसइ, आइफोन सिक्स एस प्लस र आइफोन सिक्स प्लस रहेका छन् ।

३. बेलायतमा पनि आइफोन सेभेन सबैभन्दा लोकप्रिय आइफोन मोडेलको रुपमा रहेको छ । अन्य लोकप्रिय मोडेलमा आइफोन सिक्स एस, आइफोन एसइ, आइफोन सिक्स, आइफोन एट, आइफोन सेभेन प्लस, आइफोन एक्स, आइफोन एट प्ल्स, आइफोन फाइभ एस र आइफोन सिक्स प्लस रहेका छन् ।

४. अष्ट्रेलियामा पनि आइफोन सेभेन नै सबैभन्दा लोकप्रिय आइफोनको रुपमा रहेको छ । त्यस्तै टपटेन लोकप्रिय मोडेलमा आइफोन सेभेन प्लस, आइफोन एट, आइफोन एक्स, आइफोन सिक्स एस, आइफोन सिक्स, आइफोन एट प्लस, आइफोन एसइ, आइफोन सिक्स प्लस र आइफोन सिक्स प्लस रहेका छन् ।

५. रुसमा पनि आइफोन सेभेन नै सबैभन्दा लोकप्रिय रहेको छ । रुसमा आइफोन सिक्स दोश्रो स्थानमा छ ।

टपटेनमा परेका अन्य मोडेलमा सिक्स एस, फाइभ एस, एसइ, एक्स, सेभेन प्लस, एट, एट प्लस र फाइभ रहेका छन् । यस बाहेक नेदरल्याण्डमा, अर्जेन्टिना, पोल्याण्ड, रोमानिया, इजिप्ट, फिनल्याण्ड, सिंगापुर, फ्रान्स, दक्षिण अफ्रिका, जर्मनी, कोलम्बिया, स्पेन, नर्वे, ब्राजिल, स्विडेन, टर्की, इटाली, युक्रेन, जापान, आयरल्याण्ड, र पोर्चुगलमा आइफोन सेभेन लोकप्रिय छ ।

नाइजेरिया, फिलिपिन्स, डेनमार्क, इण्डोनेसिया र मेक्सिकोमा आइफोन सिक्स लोकप्रिय रहेको छ ।

सामसुङ स्मार्टफोन निर्माता मुलुक दक्षिण कोरियामा चाहीँ आइफोन सेभेन प्लस सबैभन्दा लोकप्रिय आइफोनकेा रुपमा रहेको छ । त्यस्तै थाइल्याण्ड र मलेसियामा पनि आइफोन सेभेन प्लस सबैभन्दा धेरै लोकप्रिय रहेको छ ।

उता इजरायलमा चाहीा आइफोन एट सबैभन्दा धेरै लोकप्रिय रहेको छ । त्यहाा आइफोन सेभेन लोकप्रियताको दोश्रो नम्बरमा परेको छ । एन्सीको सहयोगमा ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment