Comments Add Comment

चलचित्र भिड्ने भएपछि अक्षयलाई सलमानको फोन

बलिउडका दुई प्रतिक्षित चलचित्र ‘सुर्यवंशी’ र ‘इन्शाअल्ला’ एक साथ रिलिज हुने कुराले निकै चर्चा पाइरहेको छ । नायक अक्षय कुमार अभिनित ‘सुर्यवंशी’ र नायक सलमान खान स्टारर ‘इन्शाअल्ला’ दुबै चलचित्रले सन् २०२० को इदलाई आफ्नो रिलिज मिति तय गरेका छन् ।

इद सलमान खानको लागि पेवा रिलिज मिति जस्तै भएको छ । केही वर्षदेखि सलमानले निरन्तर रुपमा इदमा नयाँ चलचित्र रिलिज गर्दै आइरहेका छन् । तर, सन् २०२० मा सलमानले नयाँ चलचित्र घोषणा गर्न नभ्याउँदै अक्षयले ‘सुर्यवंशी’को रिलिज मिति पक्का गरिदिएका थिए ।

यसै बिषयमा कुरा गर्न सलमानले अक्षय कुमारलाई फोन गरेका छन् । सलमानले अक्षयलाई फोन गरेर कुनै पनि हालतमा दुई चलचित्र एक साथ रिलिज हुन नदिने बोलेका छन् । बलिउड मिडियाका अनुसार सलमान पनि दुई चलचित्र एकसाथ रिलिज नगर्ने पक्षमा छन् ।

केही समय पहिला नायिका कट्रिना कैफले पनि सलमान र अक्षय कुमारो भिडन्त नहुने बताएकी थिइन् । उनले भनेकी थिइन्, ‘सलमानले अक्षय कुमारलाई निकै माया गर्छन् । सायद सलमान र अक्षय कुमारको चलचित्र एकसाथ रिलिज हुदैन होला ।’

सलमान खानले उक्त मितिमा चलचित्र एकसाथ रिलिज हुन नदिने बोलिरहँदा के सलमानले आफ्नो मनपर्ने चाडलाई छाड्छन् होला त ? यदी उक्त मितिमा सलमानको चलचित्र नआए अर्को कुन मितिमा आउन सक्ला त ? यो प्रश्नहरु अहिले उठिरहेका छन् । तर, यस विषयमा सलमान मौन छन् । बुझिए अनुसार यी दुई मध्य एक चलचित्र क्रिसमसको समयमा रिलिज हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment