Comments Add Comment

दिवाकरको फिल्ममा आर्यन र दीपिका ?

चलचित्र ‘क्याप्टेन’ रिलिज भएपछि निर्देशक दिवाकर भट्टराई नयाँ चलचित्रको तयारीमा छन् । दिवाकरले यसपटक पुर्ण रुपमा लभस्टोरी चलचित्र निर्माण गर्ने तयारी गरेको वुझिएको छ । यो चलचित्रका लागि उनले नायिका दीपिका प्रसाइलाई नायिकको रुपमा लिने पक्का भएको छ । दीपिका र दिवाकर अहिले कोर्ट म्यारिज गरेर बिहेको तयारीमा छन् । नायिका दीपिका प्रसाई अहिले चलचित्र ‘हेल्लो जिन्दगी’को छायांकनका लागि लण्डनमा छिन् ।

दीपिका र दिवाकरले वैशाख २४ गते बिहे गर्ने बताएपनि केही महिनालाई उनीहरुको बिहे पछि सरेको छ । यसैले, पनि दिवाकर अब लभ स्टोरी चलचित्रको छायांकन सुरु गर्ने तयारीमा लागेका छन् । वुझिएअनुसार, यो चलचित्रका लागि नायक आर्यन सिग्देललाई अफर गरिएको छ । नायक आर्यन सिग्देलले चलचित्रको कथा मन पराएका छन् । आर्यनले चलचित्र साइन गरेको खण्डमा दीपिका र उनको जोडीलाई दर्शकले पहिलो पटक पर्दामा हेर्न पाउनेछन् ।

नायक आर्यन सिग्देल अहिले चलचित्रमा पुरानो क्रेज फर्काउने तयारीमा छन् । उनले अभिनय गरेको ‘हजार जुनी सम्म’ र ‘चच हुई’को रिलिजको तयारीमा छ । आर्यनको माग अहिले चलचित्र क्षेत्रमा बढिरहेको छ । आर्यनलाई लिएर चलचित्र बनाउने निर्माताहरुको संख्या पनि बढेको छ । के आर्यन दीपिकासँग काम गर्न तयार होलान् ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment