
युएई । राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री तथा प्रतिनिधिसभा सदस्य राजेन्द्र लिङ्देन बुधबार युएई आएका छन् ।
राप्रपाको प्रवासी भातृ संगठन प्रवासी नेपाली एकता समाजको प्रथम अधिवेशनमा सहभागी हुन लिङ्देन युएई आएका हुन् । लिङ्देनसहित राप्रापा विदेश विभाग प्रमुख विजय खड्का, प्रदेश ५ का अध्यक्ष प्रदीपकुमार उदय र राजाराम बड्तौला कार्यक्रममा सहभागी हुन युएई हुन् ।
युएई आएका उनीहरूलाई बुधबार राप्रपाका प्रवासी नेता तथा कार्यकर्ताले आबुधाबी एयरपोर्टमा स्वागत गरेका थिए ।
एकता समाजको अधिवेशन शुक्रबार दुवईमा हुँदैछ । अधिवेशनले प्रवासी नेपाली एकता समाज युएईको नेतृत्वसमेत चयन गर्ने राप्रपा निकट विश्व देव शाहीले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4