+
+
Shares

‘कलंक’को असफलताले निराश बरुण

अनलाइनखबर अनलाइनखबर
२०७६ वैशाख १९ गते ११:४४

नायक बरुण धवनलाई २ साता अगाडि रिलिज भएको चलचित्र ‘कलंक’बाट निकै ठूलो आशा थियो । तर, उनको आशा निराशामा बदलियो । चलचित्रले बक्स अफिसमा खराब प्रदर्शन गर्यो । चलचित्र बक्स अफिसमा असफल भएपछि बरुणले आफू यसबाट निकै नै निराश भएको बताएका छन् ।

बरुणले आफ्नो ३२ औं जन्मदिन सेलिव्रेशन गर्ने क्रममा भनेका छन्–‘मेरो चलचित्र कलंकले बक्स अफिसमा खासै गतिलो प्रदर्शन गर्न सकेन । म यो असफलताले निकै नै निराश छु । मलाई मेरा साथीहरुले यो कुरा सार्वजनिक रुपमा नभन्न आग्रह पनि गरेका थिए । तर, मैले आफूलाई रोक्न सकिनँ । म चलचित्रको असफलता स्विकार गर्छु ।’

यो चलचित्रलाई लिएर बरुण निकै नै चर्चामा रहेका थिए । उनले चलचित्रको प्रमोशनका लागि पनि कुनै कसर बाँकी राखेनन् । तर, चलचित्र रिलिज भएपछि दर्शकले यसलाई मन पराएनन् । बरुण, नयाँ चलचित्र ‘एबीसीडी ३’बाट भने निकै नै उत्साहित छन् । उनी, अब आफ्नै होम प्रोडक्शन चलचित्र ‘कुल्ली नम्बर १’मा पनि काम गर्दैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?