
१९ वैशाख, काठमाडाैं । नेपाल राष्ट्र बैंकको ६४ औं वाषिर्कोत्सवका अवसरमा नेपालगञ्जमा आयोजित फुटसल प्रतियोगितामा बुधबार बेलुकी ८ खेल सम्पन्न भएका छन् । जसमा एनआईसी एसिया बैंक, नेपाल राष्ट्रबैंक, प्रभु बैंक र कैलाश विकास बैंक विजयी भए ।
एनआईसी एसियाले वेस्टन डेभलपमेन्ट बैंक लिमिटेडलाई ४-० ले, नेपाल राष्ट्र बैंकले सेन्चुरी कमर्सियल बैंकलाई २-१ ले जितेका हुन् । यसैगरी प्रमु बैंले कृषि विकास बैंकलाई टाईब्रेकरमा ३-२ ले र कैलाशले कुमारी बैंकलाई ३-२ ले हराउँदै अघिल्लो चरणमा स्थान सुरक्षित गरेका छन् ।
प्रतियोगिताको फाइनल २१ वैशाख, शनिबार हुने छ । प्रतियोगिताका खेलहरुमा दर्शकको चाप रहेको आायेजक नेपाल राष्ट्रबैंक कर्मचारी संघ, नेपालगञ्ज समितिले जनाएको छ । प्रतियोगितालाई भार्गव विकास बैंकले प्रायोजन गरेको हो ।
त्यसैगरी बुधबार बिहान भएका खेलहरुमा नेपाल एसबिआई बैंकले हिमालयन बैंक लि. लाई ७-१ , प्रभु बैंकले माछापुच्छ्रे बैंकलाई ५-२ ले, सनराइज बैंकले सिभिल बैंकलाई ३-१ ले र राष्ट्रिय बाणिज्य बैंकले नेपाल बैंकलाई ४-० गोल अन्तरले पराजित गरेका थिए ।
प्रतिक्रिया 4