+
+
Shares

घोडाघोडीको जङ्गलमा युवक र युवतीको शव भेटियो 

रासस रासस
२०७६ वैशाख १९ गते १७:२९

१९ वैशाख, भजनी (कैलाली) । कैलालीको घोडाघोडी नगरपालिका-३ मा रहेको कालिका सामुदायिक वनमा दुई शव फेला परेको छ ।उक्त शव घोडाघोडी नगरपालिका-३ का २३ वर्षका शिवराज चौधरी र जोशीपुर गाउँपालिका पिपरकोटीकी २५ वर्षकी निर्मला चौधरीको रहेको बताइएको छ । दुवैले विष सेवन गरी आत्महत्या गरेको हुनसक्ने आशङ्का प्रहरीले गरेको छ ।

शव परीक्षणका लागि धनगढी पठाइएको सुखड इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक यक्षराज जोशीले जानकारी दिए । शवमा कीरासमेत पर्न थालेकाले केही दिनअघि आत्मत्या गरेको हुनसक्ने बताइएको छ ।

केही दिनअघि एक महिलाले माइती पक्षलाई फोन गरी श्रीमानको कुटाइको पीडा सहन नसकी आत्महत्या गर्दैछु भनी जानकारी गराएकी भन्दै केही व्यक्तिले खोजी गरेका थिए । ती महिला यिनै निर्मला चौधरी हुनसक्ने अनुमान गरिए पनि यकिन नभएको भन्दै यसबारे थप अनुसन्धान भइरहेको उक्तकार्यालयले जनाएको छ ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?