Comments Add Comment

ढाँटेको पत्ता लगाएन पोलिग्राफले !

२० वैशाख, काठमाडौं । प्रहरी प्रधान कार्यालयमा एउटा पोलिग्राफ शाखा छ । कुनै अभियुक्तले ढाँटेको हो वा सत्य बोलेको भन्नेबारे पत्ता लगाउन प्रहरीको यो शाखाले पोलिग्राफ चेक गर्ने गर्दछ । निर्मला हत्या प्रकरणको छानविनका क्रममा पनि केही व्यक्तिको पोलिग्राफ जाँच गरिएको प्रहरीले बताउँदै आएको छ ।

तर, नेपाल प्रहरीको पोलिग्राफ शाखाले कतिपय व्यक्तिका सम्बन्धमा उनीहरुले झूठो बोलेको हो या सत्य भनेर निक्र्यौल गर्न सकेको छैन । ढाँटेको कुरामा पोलिग्राफले ‘दूधको दूध, पानीको पानी’ छुट्याइदिन्छ भन्ने मान्यतालाई प्रहरीको आफ्नै रिपोर्टले खण्डित गरेको छ ।

दृष्टान्तका लागि गत फागुन महिनाको पोलिग्राफ रिपोर्ट हेरौं ।

नेपाल प्रहरीले गत फागुनमा ५५ जनाको पोलिग्राफ जाँच गर्‍यो । यसरी जाँच गरिएकाहरुमा ५० जना पुरुष र ५ जना महिला थिए ।

जाँचका क्रममा ३५ जनाले झूठो बोलेको पोलिग्राफमार्फत ठहर भयो । १४ जनाले चाहिँ साँचो बोलेको ठहर भयो । तर, छ जनाको हकमा भने झूठो या साँचो भनेर पोलिग्राफले राय दिने सकेन । यो भनेको १०.९ प्रतिशत व्यक्तिको हकमा पोलिग्राफ जाँच असफल भएको स्थिति हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment