Comments Add Comment

अब सभामुखले पनि गल्ती सच्याउने कि ?

२० वैशाख, काठमाडौं । प्रधानमन्त्रीको निजी सचिवालयको लेटरप्याड प्रयोग गरेर राष्ट्रिय योजना आयोगमा पत्र लेखिएकोमा सचिवालयले कमजोरी स्वीकार गरेको छ । अब सो पत्रको सान्दर्भिकता नरहने प्रधानमन्त्रीको सचिवालयले स्पष्ट पारेको छ । तर, सभामुखको लेटरप्याड प्रयोग गरेर योजना आयोगमा पत्र लेख्ने सभामुख कृष्णबहादुर महरा भने अहिलेसम्म मौन छन् ।

सभामुख कृष्णबहादुर महराले दाङ जिल्लामा २ सयवटा योजना र कार्यक्रमहरु बजेटमा समावेश गरिदिन भन्दै आइतबार राष्ट्रिय योजना आयोगमा ‘निवेदन’ हालेका थिए ।

सभामुखजस्तो गरिमायम पदको प्रभाव प्रयोग गर्दै सभामुखको लेटरप्याड प्रयोग गरेर राष्ट्रिय योजना आयोगलाई पत्र लेखिएको हो । सभामुख महराले ८ पृष्ठ लामो पत्रमा सभामुखको हैसियतमा आफैंले हस्ताक्षर गरेका छन् ।

सभामुख महाराले राष्ट्रिय योजना आयोगका उपाध्यक्षलाई सम्वोधन गरेर लेखिएको पत्रमा ‘माग पेश गरिएको बारे’ उल्लेख छ । जबकि योजना आयोगका उपाध्यक्षको भन्दा सभामुखको बरियता माथि हुन्छ । आफूभन्दा तल्लो बरियतामा रहने योजना आयोगका उपाध्यक्ष पुष्पराज कँडेलसँग सभामुखले आफैं हस्ताक्षर गरेर मागपत्र पेश गरेका छन् ।

सभामुखको पदीय हैसियत प्रयोग गरेर आफ्नो चुनाव क्षेत्रमा योजना माग्ने यस्तो परिपाटीले हाम्रो विकासको मोडेल अहिले पनि सिंहदरबार केन्द्रित एकात्मक शैलीको रहेको स्पष्ट पारेको छ ।

हेर्नुहोस् महराको पत्र-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment