+
+
Shares

प्रदेश नाम र राजधानी तोक्न दुई तिहाईको दम्भ देखाउँदैनौं : मुख्यमन्त्री राई

अनलाइनखबर अनलाइनखबर
२०७६ वैशाख २० गते २०:२४

२० वैशाख, विराटनगर । प्रदेश १ को स्थायी राजधानी र नामको विषयमा सहमती जुटाउन तीनदिन देखि बसेको नेकपाको बैठक शुक्रवार सकिएको छ ।

नामका विषयमा तिब्र असन्तुष्टि आएपछि तत्काल राजधानीको तोक्ने प्रस्ताव संसदमा पेस गर्ने सहमतिसहित टुंगिएको बैठकपछि सञ्चारकर्मीसँग प्रस्तुत भएका मुख्यमन्त्री शेरधन राई दुई तिहाई बहुमतको कुरा उठेपछि कड्किए ।

बैठकमा तीन समूह बनाएर छलफल गरेको बताएका मुख्यमन्त्री राईले संसदीय दलको बैठकबाट प्रस्ताव पास गरेर लैजाने बताएका थिए । ‘अब पार्टी भित्र छलफल गर्नुपर्दैन । संसदीय दलको ३० मिनेट बैठक बसेर प्रस्ताव २२ गते पेस हुन्छ ।’

उनले अगाडि भने ‘राजधानीको विषय पार्टीको संसदीय दलको विषय मात्र होइन अन्य दलको पनि हो, प्रदेश सभाको विषय हो, हामीले एउटा धारणा बनायौं । हाम्रो धारणमा अन्य दलले सही छाप गर्छन भन्नै छैन ।’

‘तर दुई तिहाई त छ नि ? भन्दै पत्रकारले प्रश्न गर्ने वितिकै मुख्यमन्त्री राईले कड्किएर भने ‘दुई तिहाई छ तर दुई तिहाईको फुर्ति त छैन नि । हामी समग्र प्रदेश बनाउने, देश बनाउने अभियानमा प्रक्रियामा छौं । उनले आफूहरुले बनाएको प्रस्तावमाथि अन्य दलसँग पनि छलफल गर्ने बताए ।

शुक्रबार बसेको नेकपाको बैठकले नाममा सहमति जुटाउन नसकेपछि बृहत विराट क्षेत्रलाई राजधानी घोषणा गर्ने प्रस्ताव संसदमा लैजाने सहमति गरेको छ ।

वृहत विराट क्षेत्रमा मोरङ र सुनसरीका १८ वटा स्थानीय तह समेटिएका छन् । नेकपा प्रदेश– १ इञ्चार्ज भीम आचार्यले विराटनगरलाई केन्द्र बनाएर प्रशासनिक केन्द्र विकेन्द्रीकरण गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?