Comments Add Comment

सडनडेथमा पुलिसले जित्यो उपाधि

भद्रपुर । मेची नेत्रालय मेचीनगर गोल्डकपको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । काँकडभिट्टामा शनिबार भएको अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई सडनडेथमा पराजित गर्दै पुलिस विजेता बनेको हो ।

पुलिसले उपाधिसँगे १० लाख एक हजार हात पारे । उपविजेता त्रिभुवन आर्मीले पाँच लाख एक हजारमा चित्त बुझाएको छ ।

निर्धारित ९० मिनेटभर दुवै टिमबाट गोल हुन नसकेपछि टाइब्रेकरमा खेलाइएको थियो । तर टाइब्रेकरमा समेत ३–३ गोल बराबर भएकाले सडनडेथबाट खेलको निर्णय गरिएको थियो ।

सडनडेथमा पुलिसका खेलाडी मानबहादुर परियारले प्रहार गरेको बल त्रिभुवन आर्मी क्लबका गोलरक्षक विकेस कुथुलाई ठोक्किँदै जाली चुमेको थियो । परियारको निर्णायक गोलको मद्दतले पुलिसले उपाधि हात पारेको हो ।

पुलिस क्लबका रवि पासवानले बेस्ट प्लेयर अफ द टुर्नामेन्टको उपाधि पाए । उनले एक लाख एक हजार हात पारेका छन् ।

वैशाख १२ गतेदेखि शुरु भएको प्रतियोगितामा आयोजकसहित पुलिस, आर्मी, सङ्कटा, च्यासल, सुनसरी ११, माइभ्याली क्लब इलाम, पारो एफसी भूटान, क्यामरुनको दाउफिन्स एफसी र रुस्लान थ्री स्टार क्लबले भाग लिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment