News Summary
Generated by OK AI. Editorially reviewed.- फिफा विश्वकप २०२६ को विजेता टोलीले ट्रफी र स्वर्ण पदकका अतिरिक्त ऐतिहासिक च्याम्पियनसिप रिङ पनि प्राप्त गर्ने भएका छन्।
- फिफाले विश्वकपको सम्मानमा २०२६ वटा विशेष रिङ बनाउने घोषणा गरेको छ जसमध्ये ३० वटा विजेता टोलीलाई प्रदान गरिनेछ।
- बाँकी १९९६ वटा रिङ आधिकारिक इजाजतपत्र प्राप्त उत्पादनको रूपमा विश्वभरका समर्थकहरूका लागि उपलब्ध गराइने फिफाले जनाएको छ।
काठमाडौं । फिफा विश्वकप २०२६ को विजेताले फिफा विश्वकप ट्रफी मात्र होइन यस पटक च्याम्पियनसिप रिङ पनि प्राप्त गर्ने भएका छन् ।
फिफाका अनुसार जुलाई १९ मा हुने फाइनलको विजेताले ऐतिहासिक रिङ पनि पाउने भएका हुन् ।
रिङको एकातर्फ फिफा विश्वकपको ट्रफी अंकित गरिएको छ, भने अर्कोतर्फ विजयी टोलीको पहिचान झल्किने गरी कस्टमाइज (परिमार्जन) गरिनेछ ।
जुलाई १९ मा न्यूयोर्क न्यू जर्सी स्टेडियममा फिफा विश्वकप २०२६ को च्याम्पियनको छिनोफानो हुनेछ । प्रतिष्ठित ट्रफी र स्वर्ण पदकका साथै विजयी टोलीलाई विजयको नयाँ प्रतीक (रिङ) पनि प्रदान गरिने फिफाले घोषणा गरेको छ ।
विश्वकपको इतिहासमा पहिलो पटक विजेता टोलीले विशेष रूपमा तयार पारिएको च्याम्पियनसिप रिङहरू पनि प्राप्त गर्नेछन् । फिफा विश्वकप जस्तो विश्वव्यापी खेलमा सबैभन्दा बढी चिनिने अमेरिकी खेलकुद परम्परामध्ये एकलाई भित्र्याउने फिफाले जनाएको छ ।
फिफा विश्वकप २०२६ को सम्मान स्वरुप फरक नम्बरका २०२६ वटा विशेष रिङ तयार गरिनेछ ।
यी मध्ये ३० थान रिङ विजयी टोलीलाई प्रदान गरिनेछ भने बाँकी १,९९६ थान फिफा विश्वकप २०२६ को इतिहासको अंशको रुपमा विश्वभरका समर्थकहरुको लागि राखिनेछ ।
आधिकारिक इजाजतपत्र प्राप्त उत्पादनको रुपमा विश्वभरका प्रशंसकहरुको लागि राखिने फिफाले जनाएको छ ।
प्रत्येक रिंगमा छुट्टाछुट्टै नम्बर हुनेछ, साइज अनुसार मिलाइनेछ र यसको आफ्नै आधिकारिकताको प्रमाणपत्रसहित वितरण गरिनेछ ।
फाइनल खेल सकिएलगत्तै विजयी टोलीका कप्तान र मुख्य प्रशिक्षकले यस अवसरको सम्झनास्वरूप अस्थायी रिङहरू प्राप्त गर्नेछन् ।
विजेताको लागि निर्धारण गरिएका ३० वटै रिङलाई कस्टमाइज गरेर पछि आधिकारिक रूपमा हस्तान्तरण गरिने फिफाले जनाएको छ । यसले इतिहासमा गुञ्जिरहने यो उपलब्धिलाई जिवनभर सम्झाइरहनेछ ।
प्रतिक्रिया 4